चैतन्य पाठशालाले आज प्रादेशिक सम्मेलन २०८० गर्दै


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०८० मा प्रकाशित     
चैतन्य पाठशालाले आज प्रादेशिक सम्मेलन २०८० गर्दै

धनगढी चैत्र २८, धनगढी स्थित चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन आज २०८० को आयोजना हुँदै । चैतन्य एकेडेमी नयाँवानेश्वर काठमाडौँबाट विगत दशक लामो समयदेखि देशको प्राथमिक एजेन्डाहरुमा सुशासन, दिगो विकास र समृद्धीलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको सेमिनारको आयोजना गर्न गइरहेको छ ।

चैतन्य एकेडेमीले वर्षमा एक पटक राष्ट्रिय सेमिनारको आयोजना गर्दै आइरहेको छ । उक्त सेमिनार प्रादेशिक स्वरूपमा आज चैत्र २८ गते विहानको ९ बजेबाट पाठशालाको सभाहलमा हुँदैछ ।यस कार्यक्रममा विशेष गरि समृद्धीको , सुशासनको, दिगो विकासको यात्रामा सुदूरपश्चिमलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको चिन्तन गरिनेछ ।

यो ११औं शृङ्खला स्वरूप निजी क्षेत्रबाट थालनी गरिएको एउटा अभियान हो। यसमा लोकसेवा आयोगका पूर्व अध्यक्ष, सार्वजनिक प्रशासनिक क्षेत्रका विद्वान् व्यक्तित्व उमेश प्रसाद मौनाली, प्रदेश सचिव हरि लम्साल, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतका विभिन्न प्रदेश सांसदहरु, सम्पूर्ण बुद्धिजीविहरु वक्ताका रूपमा रहेकाछन् उक्त सेमिनारमा शिक्षा, स्वास्थ्य, व्यवसाय, पत्रकारिता, प्राध्यापक, उद्यमशिलता लगायतका क्षेत्रबाट १०० जनाको निःशुल्क सभागिता रहनेछ । उक्त कार्यक्रम बौद्धिक बहस भएकाले विकास, समृद्धि, राजनैतिक, प्रशासनिक एजेण्डा मात्र हैन विशेषगरी जनतासँग जोडिएको बहस हो

चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डिभलपमेन्टका अध्यक्ष प्रा.डा हेगराज पन्तको अध्यक्षतामा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागिता जनाउन चाहने इच्छुकहरुले ९८५१३४०२००मा सम्पर्क गर्न सकिने कुराको जानकारी पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap