धनगढी जेठ १२, धनगढीमा रहेको चैतन्य पाठशालाले दोश्रो कैलाली जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ आज सप्पन्न गरेको छ । स्वास्थ्यका लागि खेल , राष्ट्रका लागि खेल भन्ने मूल नाराकासाथ दोस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ चैतन्य पाठशालामा विधिवत कार्यक्रम का साथ पुरस्कार वितरण गरी आज सम्पन्न भएको छ ।
जेठ १० गते सुरु भएको प्रतियोगिता आज १२ सम्पन्न भएको हो । विभिन्न तौल समूहका ३७ विद्यालयबाट १७९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । भने प्रथम हुनेलाई चालीस हजार ट्रफीसहित प्रमाणपत्र , दितिय हुनेलाई पच्चीस हजार ट्रफीसहित प्रमाणपत्र र तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजार ट्रफीसहित प्रमाणपत्र रहेको थियो । भने बेस्ट फाइटर एक जनालाई नगर रु. पाँच हजारसहित प्रमाणपत्र यसैगरी बेस्ट रेफ्री लाई पनि नगद रु. पाँच हजारसहित प्रमाणपत्र रहेको थियो । पुरस्कार तथा प्रथम स्थान हासिल गर्न सफल डोजाङ्ग सिद्धनाथ मा. वि जुगेडा.१२ , दितिय स्थान हासिल गर्न सफल डोजाङ्ग भवानी मा. वि।.मा । धनगढी ९ र तृतीय स्थान हासिल गर्न सफल डोजाङ्ग शारदा मा.वि। जुगेडा ( १० रहेका छन् ।
विजयी डोजाङ्गहरुले क्रमशः नगद रु ।४०,०००, २५,००० ,र १५,००० ट्रफीसहित प्रमाणपत्र प्राप्त गरेका छन् भने बेस्ट रेफ्री टेक साउँद , बेस्ट प्लेयर विद्या भूषणका पुरुषतर्फका खेलाडी राजु ऐर र महिला तर्फबाट बेस्ट प्लेयर भवानी मा।वि। बाट वर्षा कोलीलगायत तिनै जनालाई नगद रु.५र५ हजार उत्प्रेरक वक्ता डा. ताराप्रसाद गिरीद्रावारा प्रदान गरीएको थियो । विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले तेस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ मा विद्यालयको मात्र पूर्ण लगानी हुने कुराको जानकारी गराए । उक्त समापन समारोहकाबिच बोल्दै विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले खेल क्षेत्रबाट नै विद्यार्थीले आफ्नो राष्ट्रलाई चिनाउन सक्ने कुरा पनि व्यक्त गरे ।
उक्त कार्यक्रमको सञ्चालन तथा संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बिन्दास बमले गर्नुभएको थियो । भने कार्यक्रममा शिक्षक, बिभिन्न ठाँउवाट आएका बिद्यार्थी ,अभिभावक, लगाएतको उपस्तिथी रहेको थियो ।


