चैतन्य पाठशालाले २११औँ भानु जयन्ती तथा कविता प्रतियोगिता बिबिध कार्यक्रम गरी मनाइयो


लेखक : सुन्दराञ्चल      असार २८, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालाले २११औँ भानु जयन्ती तथा कविता प्रतियोगिता बिबिध कार्यक्रम गरी मनाइयो

महादेव गिरी संवाददाता

असार २८ ,धनगढीमा रहेको चैतन्य पाठशालाले आज २११औँ भानु जयन्ती तथा कविता प्रतियोगिता बिबिध कार्यक्रम गरी मनायको छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा आज शुक्रबार चैतन्य पाठशालाले भानु जयन्ती तथा कविता प्रतियोगित मनाएको हो । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ।
१८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। पाठशालाले आज २११औँ भानु जयन्ती अबसरमा कविता प्रतियोगिता कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्रधानध्यापक कटक बहादुर सिहँले आदीकवि भानुभक्तले नेपाली सहित्यमा पुर्याएको योगदानलाई सम्पूर्ण देशबासीले नर्बिन नहुने बताए । उनले जन्म लिन मात्र ठूलो कुरा नभएको मानिस जन्मे पछि केही उदाहरणीय काम गर्नु प्रर्छ भन्ने सन्देश दिएर गएको बताए । कार्यक्रममा भानु जयन्तीको अबसरमा पाठशालाले कविता प्रतियोगिता गरेको थियो । बिभिन्न बिद्यालयबाट बिद्याथीहरुलाइ सहभागि भएका थिए ।

प्रथम हुनेलाई प्रमाण प्रत्र सहित दश हजार, दोस्रो हुनेलाई ७ हजार पाँच सय रहेको थियो । कार्यक्रम पाठशालाका पटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार रामलाल जोसी ,साहित्यकार कैलाली बहुमुखी क्याम्पसका गणेश राज जोसी ,शिक्षक पदम खड्खा,अभिभावक, बिद्यार्थी लगाएतको सहभागि रहेको थियो । सो कविता प्रतियो गितामा करिव दश बिद्यालयको सहभागि रहेको थियो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap