चैतन्य पाठशालाको‌ नौलो प्रयास पत्रकारहरुसँग गरे दशैं बिशेष शुभकामना आदानप्रदान कार्यक्रम


लेखक : सुन्दराञ्चल      अशोज १६, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालाको‌ नौलो प्रयास पत्रकारहरुसँग गरे दशैं बिशेष शुभकामना आदानप्रदान कार्यक्रम

धनगढी १६ असोज,धनगढीमा रहेको चैतन्य पाठशालाले धनगढीमा रहेका विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थितिमा दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पत्रकारहरुलाई आज धनगढीमा रहेको चैतन्य पाठशालाले  उक्त कार्यक्रम गरेको हो।

पत्रकारलाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले , हाम्रा गतिविधिहरूलाई सहि , सत्य र निश्पक्ष, रुपमा प्रसारण गरेर ठुलो सहयोग पुर्याएको र आगामी दिनमा पनि मिडियाले हामीलाई सहि दिशा निर्देश गर्नेमा विश्वस्त रहेको पाठशाला का अध्यक्ष गणेश प्रसाद जोसीले बताए।

साथै पत्रकारिता थप सशक्त र मजबुत हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो। बर्ष भरि हामी सबै आ.आफ्ना कार्यमा ब्यस्त हुँदा भेटघाट नै गर्ने अवसर नमिल्ने भएकाले महान चाड पर्व बिजया दशमीको पूर्व सन्ध्यामा पत्रकारहरु सँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँको भनाई रहेको थियो ।

सम्पुर्ण मिडिया कर्मीहरुले सदैव पाठशाला परिवारलाई मजबुत र समाज मुखी बनाउन लाग्नु पर्ने प्रधानाध्यापक सिहँले बताए । कार्यक्रममा पाठशालका अध्यक्ष गणेश प्रसाद जोसी , पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी ,प्रधानाध्यापक कटक बहादुर सिहँ ,सञ्चारकर्मी , शिक्षक,लगायतको उपस्थिति रहेको थियोे ।

No description available.No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap