चैतन्य पाठशालाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      जेष्ठ १८, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी जेठ १८ ,धनगढीमा रहेको चैतन्य पाठशालाले आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ २३ औँ बिद्यालय स्थापना दिवस अबसरमा आज चैतन्य पाठशालाले रक्तदान कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चारकर्मी तथा १०५ पटक रक्तदान गरिसकेका सञ्चारकर्मी दिपक उपाध्याया रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायाले रगत दिनुको लागि कसैलाई सोधिरहनु प्रदैन ,कसैलाई अनुमती लिईरहनु प्रदैन, आप्नो सो इच्छा अनुसार मरण तुल्य भएका मुत्युको मुखमा पुगेका मानिसहरुलाइ बचाउनु भन्दा ठुलो पण्य अरु केही नभएको प्रमुख अतिथि तथा १०५ पटक रगत दिइसकेका सञ्चारकर्मी उपाध्याले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले रक्तदान जस्तो महान् कार्य २३ औँ बिद्यालय स्थापना दिवस अबसरमा चैतन्य पाठशाला सधैँ समाज प्रति उत्तदाहित्व, जिमेम्वार,शिक्षामा मात्र नभएर बाबुननीलाई समाज प्रर्ति असल, क्षमतावान,जिमेवार,बिद्यार्थी बनाउने समाजलाई चैतन्य पाठशालाको सोयोग सधै रहने बताए ।

रक्तदान कामको प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि पाठशालाले चलाएको अभियानलाई निरन्तरता सधैँ दिने बताए ।कार्यक्रममा बोल्दै पिटीए अध्यक्ष ईश्वर गिरीले सेवा नै धर्म हो, भन्ने भावले मन्दिरमा गएर पुजा गर्दा मनलाई आनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबैजनाले दान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सञ्चारकर्मी, अभिावाक,शिक्षक,शिक्षिका,मान्यजन लगाएको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक बिन्दाश बमले गरेका थिए ।

 

No description available.

No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap