चैतन्य पाठशालाको आयोजनामा निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर सम्पन्न ,


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०७९ मा प्रकाशित     
चैतन्य पाठशालाको आयोजनामा निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर सम्पन्न ,

महादेव गिरी संवाददता

धनगढी फागुुन २२, धनगढी उपमहानगरपालिका शिवनगरमा रहेको चैतन्य पाठशाला स्कुलको आयोजनामा ५ दिने सञ्चालन भएको निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर सम्पन्न भएको छ।

चैतन्य पाठशालाको आयोजनामा भएको निशुल्क योग तथा आयुर्वेद विज्ञान शिविर फागुन १८ गते देखी २२ गते सम्म सञ्चालन भएको थियो।
चैतन्य पाठशालाको प्रांगणमा सञ्चालन भएको उक्त शिविर चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीको अध्यक्षतामा आज सम्पन्न भएको हो। योग र आयुर्बेदले मानिसलाइ बाहिर स्वास्थ्यबाट मात्र नभई भित्री स्वास्थ्यबाट पनि स्वस्थ बनाउछ भन्ने उदेश्यसहित बिधालय स्तरिय योग तथा आयुर्वेद बिज्ञान शिविर चैतन्य पाठशालाको आयोजनामा गरिएको थियो ।

No description available.

चैतन्य पाठशालाको आयोजना र पतन्जली योग समिती कैलाली सहयोगमा उक्त शिबिर प्रत्यक दिन बिहान ठिक ५ बजे देखि ७ बजे सम्म सञ्चालन भएको थियो।योगको महिमा अपरम्पार छ, आउनुहोस् हातेमालो गरौँ भन्ने ( पतञ्जलि योग नेपाल समिती प्रदेश प्रभारी योगाचार्य काशीनाथ भट्ट, जियू,प्रदेश सल्लाहकार गौरिनाथ जी, जिल्ला प्रभारी श्याम प्रसाद श्रेष्ठ,युवा प्रभारी सुभास मुस्कान को उपस्थिति रहेको थियो।
योग पतञ्जलि आयुर्बेद कार्यक्रममा शिक्षक, बिद्यार्थी,अभिभावक, लगायत उपस्थित रहेको थियो। पाँच दिने शिविर नछुटाइ योग ,योगाभ्यास,मा उपस्थित रहने लाइ प्रमाण,पत्र समेत दिएको थियो ।

No description available.

आयुर्वेद ,र संस्कारको बारेमा प्रशिक्षित गरिएको थियो ।बालबालिका र अभिभावकको योग तथा आयुर्वेदबाट शारीरिक, मानसिक र सामाजिक बिकास कसरी गर्ने भन्ने बिषयमा जानकारी प्रदान गरिएको थियो। जस्को मार्ग दर्शन पतन्जली धनगढी नगर योग शिक्षक समितीका अध्यक्ष राज कुमारी महतो र उनको समितिले गरेको थियो। सत्सङमा २५० जना भन्दाबढी बालबालिका,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

No description available.

 

कार्यक्रममा सहभागी तथा अतिथीहरु सम्मानपत्र बितरण सहित होलीको शुभकामना आदानप्रदान समेत गरिएको थियो।समापन समारोहमा पाठशालाका प्राचार्य हरी प्रसाद जोशीले सहभागीलाई धन्यबाद ज्ञापन गर्दै चैतन्य पाठशाला समुदायको लागि नियमित योग अभ्यास को वातावरण बनाउन तयार रहेको बताए । यस्तै विद्यालयमा योग केन्द्र स्थापना गर्न सकिने विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक ,कटक बहादुर सिंहले गर्नु भएको थिए । No description available.

सायद ५ जना मानिसहरू  र बसिरहेका मानिसहरू को फोटो हुनसक्छ

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap