चीनले विभिन्न मुलुकलाई २ अर्ब डोज कोरोना खोप दिने


लेखक : सुन्दराञ्चल      साउन २२, २०७८ मा प्रकाशित     
चीनले विभिन्न मुलुकलाई २ अर्ब डोज कोरोना खोप दिने

काठमाडौं, २२ साउन । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२१ भित्र संसारका विभिन्न मुलुकलाई चीनले २ अर्ब डोज कोरोना खोप दिने बताएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार कोभिड–१९ भ्याक्सिन कोअपरेसन फोरमको बैठकमा पठाएको लिखित सन्देशमा सीले विभिन्न देशहरूलाई उक्त मात्रामा खोप दिने वाचा चीनले गरेका बताएका हुन्।चीनले कोभ्याक्समार्फत् खोप वितरणका लागि उक्त अभियानलाई १० करोड अमेरिकी डलर पनि सहयोग गर्ने सीले बताएका छन्।‘यो महामारीविरूद्ध लड्न विकासशील देशहरूलाई चीनले सकेको सहयोग जारी राख्ने छ,’ सीले भनेका छन्।चीन अहिले संसारकै ठूलो खोप उत्पादक कम्पनी हो। उसले उत्पादन गरेका दुई खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ।चीनले आफ्ना छिमेकीसहित दक्षिण एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकलाई करोडौं डोज खोप अनुदानमा दिएको भने केहीलाई बेचेको पनि छ।चीनभित्र भने अहिलेसम्म १ अर्ब ७० करोड डोज लगाइएको अधिकारीहरूले बताएका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap