चीनले भन्यो, ‘अफगानिस्तानमाथि लागेको प्रतिबन्ध हट्नुपर्छ’


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
चीनले भन्यो, ‘अफगानिस्तानमाथि लागेको प्रतिबन्ध हट्नुपर्छ’

चीनले अफगानिस्तानमाथि लागेको प्रतिबन्ध हट्नुपर्ने माग राखेको छ ।  चीनका विदेशमन्त्री वाङ्ग यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध छिटोभन्दा छिटो हट्नुपर्ने बताएका छन् । अफगानिस्तानको मुद्दामाथि चर्चाका लागि आयोजित जी२० देशका भर्चुअल सम्मेलनमा वाङ्ग यीले बुधबार सो कुरा बताएका हुन् ।

त्यसपछि चिनियाँ विदेश मन्त्रालयले बयान जारी गरेर अफगानिस्तानमाथि लागेको आर्थिक प्रतिबन्ध हटाउन अत्यावश्यक भएको बताएको छ ।बयानमा भनिएको छ, ‘अफगानिस्तानको विदेशी मुद्रा भण्डार त्यहाँको राष्ट्रिय सम्पत्ति हो र त्यसमाथि सर्वसाधारणको अधिकार हुनुपर्छ । यसको प्रयोग त्यहँँका मानिसहरुले गर्न पाउनुपर्छ । अफगानिस्तानमाथि राजनीतिक दबाब पार्नका लागि यसको प्रयोग गरिनु हुँदैन ।’ स्मरण रहोस्, १५ अगस्ट सन् २०२१ मा तालिबान काबुलमा प्रवेश गरेपछि अमेरिका र अन्य थुप्रै देशले अफगानिस्तानको अकाउन्ट फ्रिज गरिदिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap