चीनले भन्यो, ‘अफगानिस्तानमाथि लागेको प्रतिबन्ध हट्नुपर्छ’


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
चीनले भन्यो, ‘अफगानिस्तानमाथि लागेको प्रतिबन्ध हट्नुपर्छ’

चीनले अफगानिस्तानमाथि लागेको प्रतिबन्ध हट्नुपर्ने माग राखेको छ ।  चीनका विदेशमन्त्री वाङ्ग यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध छिटोभन्दा छिटो हट्नुपर्ने बताएका छन् । अफगानिस्तानको मुद्दामाथि चर्चाका लागि आयोजित जी२० देशका भर्चुअल सम्मेलनमा वाङ्ग यीले बुधबार सो कुरा बताएका हुन् ।

त्यसपछि चिनियाँ विदेश मन्त्रालयले बयान जारी गरेर अफगानिस्तानमाथि लागेको आर्थिक प्रतिबन्ध हटाउन अत्यावश्यक भएको बताएको छ ।बयानमा भनिएको छ, ‘अफगानिस्तानको विदेशी मुद्रा भण्डार त्यहाँको राष्ट्रिय सम्पत्ति हो र त्यसमाथि सर्वसाधारणको अधिकार हुनुपर्छ । यसको प्रयोग त्यहँँका मानिसहरुले गर्न पाउनुपर्छ । अफगानिस्तानमाथि राजनीतिक दबाब पार्नका लागि यसको प्रयोग गरिनु हुँदैन ।’ स्मरण रहोस्, १५ अगस्ट सन् २०२१ मा तालिबान काबुलमा प्रवेश गरेपछि अमेरिका र अन्य थुप्रै देशले अफगानिस्तानको अकाउन्ट फ्रिज गरिदिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap