चीनमा कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै ३० अधिकारी कारबाहीमा


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
चीनमा कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै ३० अधिकारी कारबाहीमा

२५ साउन, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै ३० अधिकारीहरुलाई कारबाही गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनीहरुमध्ये केहीलाई कामबाट निकालिएको छ भने केहीलाई कारबाही गरिएको छ । कामबाट निकालिएका अधिकारीमा केही उप मेयर, सिटी डिस्ट्रिक र स्वास्थ्य समितिका प्रमुख र अस्पताल व्यवस्थापन, पर्यटन र विमानस्थलका कर्मचारी छन् ।

चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोनाका ९४ स्थानीय नयाँ संक्रमित थपिएका छन् । चीनको नान्जिङ सहरको विमानस्थलबाट पछिल्लोपटक चीनमा कोरोना संक्रमण फैलिएको हो ।

सुरुमा विमानस्थलका कर्मचारीहरुमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण देखिएको थियो । पछि यो संक्रमण हैनान प्रान्तदेखि इनर मंगोलियासम्म फैलिएको छ ।

कोरोना संक्रमण पुनः फैलिएसँगै चीनले यात्रामा लगाइएको प्रतिबन्ध, सामुदायिक लकडाउनका साथै झाङजियाजीसहरलाई नै सिल गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap