चीनमा कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै ३० अधिकारी कारबाहीमा


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
चीनमा कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै ३० अधिकारी कारबाहीमा

२५ साउन, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै ३० अधिकारीहरुलाई कारबाही गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनीहरुमध्ये केहीलाई कामबाट निकालिएको छ भने केहीलाई कारबाही गरिएको छ । कामबाट निकालिएका अधिकारीमा केही उप मेयर, सिटी डिस्ट्रिक र स्वास्थ्य समितिका प्रमुख र अस्पताल व्यवस्थापन, पर्यटन र विमानस्थलका कर्मचारी छन् ।

चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोनाका ९४ स्थानीय नयाँ संक्रमित थपिएका छन् । चीनको नान्जिङ सहरको विमानस्थलबाट पछिल्लोपटक चीनमा कोरोना संक्रमण फैलिएको हो ।

सुरुमा विमानस्थलका कर्मचारीहरुमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण देखिएको थियो । पछि यो संक्रमण हैनान प्रान्तदेखि इनर मंगोलियासम्म फैलिएको छ ।

कोरोना संक्रमण पुनः फैलिएसँगै चीनले यात्रामा लगाइएको प्रतिबन्ध, सामुदायिक लकडाउनका साथै झाङजियाजीसहरलाई नै सिल गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap