लेखक : सुन्दराञ्चल पुस १०, २०८१ मा प्रकाशित
पुष १० जुम्ला, चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । चिसोले बिहान बेलुकी हातमुख धुनसमेत कठिन भएको छ । आज बिहानै देखि आकाशमा बादल लागेपछि चिसो बढेको हो ।पानी भूइँमा खस्नेबित्तिकै जम्ने हुनाले थप कष्टकर बनेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर निस्कन सकेका छैनन्। घरघरमा आगो बालेर बसेका छन् । सदरमुकाम खलंगाका हरेक दोकान तथा चोकअगाडि आगो तापेर दिन काटिएको छ भने चिसोले सदरमुकामको चहलपहल घटेको छ ।चिसोले सवारीसाधन स्टार्ट नहुँदा आगोले तताउनुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई कार्यालय बाहिरै आगोबालेर सेवा दिनुपरेको कर्मचारीले बताए । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार आज जुम्लाको तापक्रम माइनस ३ डिग्री सेल्सियससम्म झर्यो ।
Related