चिरन्जीवीसँग तेलुगू फिल्म गर्दै सलमान


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
चिरन्जीवीसँग तेलुगू फिल्म गर्दै सलमान
सुपरस्टार सलमान खान तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्न लागेको खबरले यतिबेला बलिउड तातेको छ । तेलुगूका मेगास्टार चिरन्जीवीको नयाँ फिल्मबाट उनले साउथ इन्डस्ट्रीमा डेब्यू गर्न लागेको चर्चा छ । मलयालम फिल्म ‘लुसिफर’ को तेलुगू रिमेक ‘गडफादर’ का लागि निर्माण टिमले सलमानलाई अफर गरेको हो । उनले फिल्मका लागि डेट्स दिइसकेको भारतीय मिडियाले बताएका छन् ।
उनले यो फिल्मको छायांकन चाँडै सुरु गर्दैछन् । निर्माण टिम केही दिनमा यो मेगा कोलाब्रेसन (फिल्म) को घोषणा गर्ने तयारीमा छ । सलमान फिल्ममा केमियो रोलमा देखिनेछन् । चिरन्जीवी र सलमानबीच निकै राम्रो सम्बन्ध छ । यस्तोमा यो जोडीलाई पहिलो पटक एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । चिरन्जीवीका लागि सलमानले यो फिल्ममा काम गर्न लागेको बताइएको छ ।
उनलाई यसअघि पनि केही साउथ फिल्मबाट प्रस्ताव आएको थियो । तर, उनले बलिउडबाहेक अरु रोजेनन् । चिरन्जीवीसँगको मित्रताका कारण उनी तेलुगू फिल्ममा काम गर्न राजी भएका हुन् । चिरन्जीवी साउथका लिडिङ स्टार मानिन्छन् । अहिले उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘आचार्य’ को सुटिङ पूरा गर्न व्यस्त छन् । फिल्ममा उनका छोरा राम चरणको पनि अभिनय छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap