चिरन्जीविसँग काम गर्न सोनाक्षीले मागिन् महंगो पारिश्रमिक


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
चिरन्जीविसँग काम गर्न सोनाक्षीले मागिन् महंगो पारिश्रमिक

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आउँदो हप्ता फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ मा देखिँदैछिन् । उनी एकपटक फेरि साउथ फिल्ममा काम गर्ने विषयमा पनि सोचिरहेकी छन् । सन् २०१४ मा सुपरस्टार रजनीकान्तसँग फिल्म ‘लिंगा’ बाट तमिलमा डेब्यू गरेकी उनी अब तेलुगूमा डेब्यू गर्ने तयारीमा छिन् । उनलाई साउथका मेगा स्टार चिरन्जीवीको फिल्मबाट प्रस्ताव आएको छ ।

चिरन्जीवी निर्देशक केएल रविन्द्रको नयाँ फिल्ममा काम गर्दैछन् । यो फिल्ममा उनको अपोजिटमा निर्माण टिमले सोनाक्षीलाई लिन चाहेको छ । उनले निर्देशकबाट फिल्मको कहानी सुनिसकेकी छन् र काम गर्न सकारात्मक पनि देखिएकी छन् । तर, उनले निर्माण टिमसँँग महंगो पारिश्रमिक मागेकी छन् । उनले साढे ३ करोड पारिश्रमिक डिमान्ड गरेको भारतीय मिडियाको दाबी छ ।

सोनाक्षीले डिमान्ड गरेको पारिश्रमिक निर्मातालाई निकै ज्यादा लागेको छ । जसका कारण निर्माण टिमले कुनै निर्णय लिन सकेको छैन । सोनाक्षीले बलिउड फिल्ममा पनि ३ देखि ४ करोडसम्म पारिश्रमिक बुझ्ने गरेकी छन् । तर, साउथमा थोरै मात्र अभिनेत्रीले यति मोटो पारिश्रमिक पाउँछन् । सोनाक्षीले डिमान्ड गरेको पारिश्रमिक तिर्न निर्माण टिम तयार होला वा नहोला, हेर्न बाँकी छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap