चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ ।

बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जीप्रति उनको प्रेम र आशक्ति यतिधेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध रहेको स्विकार गरिन् । उनको त्यो अस्वभाविक व्यवहारका कारण चिडियाखानाले उनीमाथि प्रतिबन्ध नै लगाउनु परेको छ ।

बेल्जियमको एन्तोएर्प चिडियाखानाले ती महिलालाई चिडियाखाना भित्र छिर्न प्रतिबन्ध लगाएको हो ।

चिडियाखानाका अधिकारीहरुले ती महिलाले त्यहाँ रहेको एक चिम्पान्जीसँग अस्वभाविक रुपमा धेरै समय बिताएको देखेपछि चनाखो भएका थिए । पछि ती महिलासँग त्यसबारेमा सोधपुछ गर्दा उनले आफु उक्त चिम्पान्जीसँग प्रेमसम्बन्धमा रहेकोले धेरै समय बिताएको खुलासा गरेकी थिइन् ।

एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता सो चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जीको नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् ।

काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो ।

उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडियाखानाका अधिकारीहरुले त्यस्तो अस्वभाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए ।

त्यसक्रममा टिमरम्यानले आफूले चिम्पान्जीलाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भनाइ छ ।

चिडियाखानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जीलाई उल्टै असर गरेको र चिडियाखानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् ।

महिलाको प्रेममा फसेको उक्त चिम्पान्जीलाई उसको समूहका अन्य सदस्यहरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ ।

उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चिम्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् ।

एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap