अमेरिकाको म्यासाच्यूसेट्सस्थित मेन्डनमा रहेको साउथविक जूमा एउटा २ हप्ता अगाडि जन्मिएको नवजात जिराफले सबैको ध्यान खिँचेको छ । डली नामक उक्त जिराफ अहिले चिडियाखानामा आकर्षणकेा केन्द्र बनको छ । दुई हप्ताको उमेरमै डलीको वजन झण्डै ७० किलोग्राम छ भने शरीरको उचाइ ६ फिट पुगिसकेको छ ।
रिपोर्ट अनुसार डली चिडियाखानामा जन्मिएको संसारकै सबैभन्दा ठूलो जिराफको बच्चा हो । डलीको आमाले उसलाई दूध चुसाउन सकेको छैन । त्यसैले डलीलाई हाल बोतलको दूध खुवाएर हुर्काइँदैछ । उसलाई तत्कालै उसको आमासँग मिसाइने सम्भावना कम रहेको चिडियाखानाका अधिकारी बताउँछन् । दुई हप्तामै एउटा वयस्क मानिसको जत्तिकै उचाइ तथा झण्डै त्यत्तिनै तौल बनाएको यो जिराफ वयस्क हुँदा कत्रो होला ?
वास्तवमा चार वर्षको उमेरमा जिराफको शरीरको उचाइ पूर्ण आकारमा बन्दछ भने सात वा ८ वर्षमा उसले शरीरको पूर्ण तौल प्राप्त गर्दछ । भाले जिराफको शरीरको औसत तौल १९३० किलो र पोथी जिराफको औसत तौल १८६० किलो हुन्छ । पृथ्वीको सचेतना दिवसको अवसरमा गत अगष्ट ७ मा पहिलोपटक डलीलाई सार्वजनिक रुपमा चिडियाखानामा प्रदर्शन गरिएको छ ।
एजेन्सी