चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री


लेखक : सुन्दराञ्चल      माघ १०, २०७८ मा प्रकाशित     
चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री

माघ १०, कोरोना महामारी बढेपछि नेपालमा यसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको आयात बढेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो डेढ वर्षमा नेपालमा २९ हजार ५५९ थान मेडिकल भेन्टिलेटर, २ लाख ३ हजार ३१ थान अक्सिजन कन्सन्ट्रेटर र २३५ थान पिसिआर मेसिन बिभिन्न देशबाट भित्रिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री तथा उपकरणहरु भित्रिएको छ ।

२०७८ साउन यता मानवको प्रयोगका लागि बिभिन्न प्रकारका २ लाख २० हजार ९४० केजी खोप नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । ती खोप २० अर्ब ४६ करोड ६३ लाख ८७ हजार रुपैयाँमा आयात गरिएको हो ।

सोही अवधिमा २२० थान पिसीआर मेसिनलाई ५ करोड ७८ लाख ६९ हजार रुपैयाँमा खरिद गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड २१ लाख ३२ हजार रुपैयाँमा १ लाख ६३ हजार ७४४ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएका छन् । ४ करोड ६५ लाख ५३ हजार रुपैयाँमा ४ लाख ११ हजार ४७ थान अक्सिजन र भेन्टिलेटर मास्क सो अवधिमा नेपाल भित्रिएको देखिन्छ ।

गत साउनदेखि पुस मसान्तसम्म विभिन्न देशबाट ७३ करोड ७८ लाख ३७ हजार रुपैयाँ खर्चेर ३ हजार ४२१ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको छ । सोही समयमा ८ करोड १९ लाख ३१ हजार रुपैयाँको थर्मोमिटर ल्याइएकाे छ भने ३ करोड २० लाख ९६ हजार रुपैयाँमा १ लाख ९७ हजार ४८७ थान थर्मल गन (डिजिटल इन्फ्रारेड थर्मोमिटर) ल्याइएको छ । भन्सार विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालले २ करोड २५ लाख ५१ हजार रुपैयाँमा ६ लाख १० हजार २ थान फेस शिल्ड खरिद गरेको छ ।

दातृ निकायले दिएको स्वास्थ्य सामाग्री खोइ ? सरकार भन्‍छ- अस्‍पताललाई  पठायौँ, अस्‍पताल भन्‍छ- पाएनौंनेपालले बितेको ६ महिनामा मात्र विभिन्न देशबाट ९५ करोड ५६ लाख ५  हजार रुपैयाँमा ८ करोड ४६ लाख ११ हजार १७० थान फेस मास्क खरिद गरेको छ । उक्त अवधिमा २३ करोड २२ लाख ५४ हजार रुपैयाँमा ५६ हजार २३५ केजी डाइग्नोस्टिक किट्स नेपाल भित्रिएका छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न देशबाट १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँमा ३९ हजार २८८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएको थियो । गत आर्थिक वर्ष नै १ करोड ५३ लाख २८ हजार रुपैयाँमा १५ थान पिसीआर मेसिन नेपाल ल्याइएको विभागले जनाएको छ ।

गएको वर्ष ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँमा २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष नै बिभिन्न देशबाट नेपालमा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क भित्रिएको थियो ।  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap