चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई छाड्दैनौँ : मन्त्री भण्डारी


लेखक : सुन्दराञ्चल      अशोज ९, २०८१ मा प्रकाशित     
चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई छाड्दैनौँ : मन्त्री भण्डारी

आश्विन ९, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् ।
भण्डारीले स्वच्छ व्यापार, व्यवसाय प्रवद्र्धनका लागि उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कृत्रिम अभाव र कालोबजारी सह्य नहुने बताएका हुन् ।
मंगलबार धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले चाडपर्व लक्षित बजार अनुगमन तीव्र गतिमा अघि बढाइने बताए । अनुगमनका क्रममा अखाद्य वस्तुको कारोबार, कृतिम अभाव सिर्जना तथा कालोबजारी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने मन्त्री भण्डारीले बताए ।
अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि सरकारले चाडपर्वको समयमा सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको बताउँदै भण्डारीले खाद्यान्न लगायतका वस्तुको मूल्य निर्धारण गरिएको बताए । उनले चाडपर्वका बेला हुने मागलाई ध्यानमा राखेर चिनीको मूल्य दुई अंकमा निर्धारण गर्ने तयारी पनि मन्त्रालयको रहेको उल्लेख गरे । अहिलेसम्म ४१ जिल्लाका ६१ ठाउँमा दशैँ तिहार लक्षित सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याइएको जानकारी भण्डारीले दिएका छन् ।
अत्यावश्यक वस्तुको स्वच्छ बजार र सहज उपलब्धता सरकारको चाहाना भएकोले उद्योगी, व्यवसायीले पनि त्यसमा सहयोग गर्नुपर्ने उनले बताए । स्वागत तथा अन्तरक्रिया कार्यक्रममा कैलालीका व्यवसायीले व्यापार÷व्यवसाय गर्दा भोग्नुपरेका समस्याका बारेमा मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । उनीहरुले उठाएका समस्या सामाधान गर्ने प्रतिबद्धता समेत भण्डारीले जनाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap