डोल्पाको तल्लो भागमा रहेको ब्राम्हण बस्तिमा जन्मेकी युवती माथिल्लो डोल्पाको शेर्पासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म चलचित्रमा ९० लाख रुपैयाँ बढी लगानी भएको छ ।
यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । साथै, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोँचका साथ चलचित्र निर्माण गरिएको बताईएको छ ।
निर्माण टिमले निकै मिहिनेतका साथ चलचित्र निर्माण गरेको जनाएको छ । कलाकारहरुले पनि चलचित्रमा आफूहरुले सक्दो मिहिनेत गरेको भन्दै चलचित्रले दर्शकको मन जित्ने बताए । चलचित्रमा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन छ ।