चलचित्र ‘टुल्की’को फर्स्ट लुक र टिजर सार्वजनिक


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
चलचित्र ‘टुल्की’को फर्स्ट लुक र टिजर सार्वजनिक

चलचित्र ‘टुल्की’को फर्स्ट लुक पोष्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको फर्स्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।

द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा चलचित्र निर्माण गरिएको कार्यक्रममा जानकारी दिईयो । लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाको लगानी छ । शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।

डोल्पाको तल्लो भागमा रहेको ब्राम्हण बस्तिमा जन्मेकी युवती माथिल्लो डोल्पाको शेर्पासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म चलचित्रमा ९० लाख रुपैयाँ बढी लगानी भएको छ ।

यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । साथै, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोँचका साथ चलचित्र निर्माण गरिएको बताईएको छ ।

निर्माण टिमले निकै मिहिनेतका साथ चलचित्र निर्माण गरेको जनाएको छ । कलाकारहरुले पनि चलचित्रमा आफूहरुले सक्दो मिहिनेत गरेको भन्दै चलचित्रले दर्शकको मन जित्ने बताए । चलचित्रमा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap