घरमै दाँत सफा गर्ने सरल विधी


लेखक : सुन्दराञ्चल      साउन २२, २०७८ मा प्रकाशित     
घरमै दाँत सफा गर्ने सरल विधी

हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ्य छ भने कुनैपनि खानेकुरा राम्ररी चपाउन सकिन्छ, जो पचाउनका लागि सहज हुन्छ । यद्यपी दाँतको स्वास्थ्यमा हामी उति ख्याल गर्दैनौ, जसले दाँत कमजोर हुन्छ । पहेंलिन्छ । फोहोर जम्छ ।
दाँत किन कमजोर र फोहोर हुन्छ ?
हामीले खाएका खानेकुराहरु दाँतले चपाउनु पर्ने भएकाले त्यसको केहि अंशमा दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला वा ब्रस नगर्दा त्यस्ता बस्तु दाँतभित्रै सड्न थाल्छ । यसैले दाँतमा संक्रमण हुन्छ । दाँत पहेंलो वा फोहोर हुन्छ । चुरोट, खैनी, मदिरा, गुट्खा, पान आदि सेवन गर्दा पनि त्यसले प्रत्यक्ष रुपमा दाँतलाई हानी गर्छ ।

दाँत सफा गर्दा केमिकलको खतरा

दाँत सफा गर्नका लागि अहिले कति रसायनले पनि प्रयोग गरिन्छ, जसले दाँतलाई झन कमजोर बनाउँछ । यसले दाँतको प्राकृतिक इनामेल पनि नष्ट गर्छ र संक्रमणको खतरा बढाउँछ ।
अहिले डेन्टल चिकित्सा अन्र्तगत डेन्टल ब्लीचिङबाट दाँतको पहेंलोपन, फोहोर हटाउने गरिन्छ । यो केहि प्रकारको हुन्छ ।

यसरी पनि सफा गर्न सकिन्छ

डेन्टल ब्लीचिङको कुनै साइड इफेक्ट हुँदैन र यसले दाँतमा प्रतिकुल असर गर्दैन । यद्यपी यो विधी अपनाइसकेपछि केहि सावधानी अपनाउनु पर्छ । ब्लीचिङ गरे लगत्तै चिकित्सकले दिएको क्रिम लगाउनु पर्छ । ब्लीचिङ गर्दा दाँतको सेन्सिभिटी बढ्न सक्छ, यद्यपी यो अस्थाई हुन्छ । त्यसैले केहि समयसम्म चिकित्सककै सल्लाह अनुसार खानपानमा सर्तकता अपनाउनु पर्छ ।
घरेलु विधी

दाँत सफा राख्न, चम्किलो बनाउन, स्वस्थ्य एवं बलियो बनाउन अस्पताल नै धाउनुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।

-घर आँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने बिशेष क्षमता हुन्छ । यसले तपाईको दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नुपर्छ ।

-सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुबैलाई सुखाएर पाउडर बनाउनु पर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नुपर्छ । यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।

-नीमको उपयोग प्राचिन कालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap