घरघरमा गएर विदेशी सेनाका लागि काम गर्ने मानिस खोज्दै तालिबान


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
घरघरमा गएर विदेशी सेनाका लागि काम गर्ने मानिस खोज्दै तालिबान

४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र  अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ ।

तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कसैसँग पनि बदला नलिने बताएको थियो । यद्यपि मानिसहरुमा अझै पनि तालिबान पुरानै स्वरुपमा आउने आशंका देखिएको छ । अहिले जारी गरिएको चेतावनीमा अहिले पनि धेरै मानिसलाई तालिबानले आफ्नो कालोसूचीमा राखेको र उनीहरु जोखिममा रहेको उल्लेख छ । उनीहरुले आफूलाई आत्मसमर्पण नगरेको अवस्थामा उनीहरुको परिवारका सदस्यलाई उनीहरुको सट्टामा पक्राउ र कारबाही गर्न सक्ने बताइएको छ ।

अहिले अफगानिस्तानबाट विदेशीलाई आफ्नो मुलुक फर्काउने काम भइरहेको छ । पछिल्लो पाँच दिनमा काबुल विमानस्थलबाट १८ हजार मानिसको उद्धार गरिएको नेटोका अधिकारीहरुले बताएका छन् ।

बिहीबार अफगानिस्तानको असादबादमा स्वतन्त्रता दिवसको क्रममा प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानले गोली चलाएको थियो । यो घटनामा दुई जनाको मृत्यु भएको थियो ।

त्यस्तै जलालबादमा पनि मानिसहरुले राष्ट्रिय झण्डाको समर्थनमा गरेको प्रदर्शनको क्रममा तालिबानले गोली चलाएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap