घरको पेटीमा लडेर एक पुरुषको मृत्यु


लेखक : सुन्दराञ्चल      बैशाख २, २०७९ मा प्रकाशित     
घरको पेटीमा लडेर एक पुरुषको मृत्यु

बैशाख २,पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा अनुसार तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नौ घरको पेटीमा लडेर मृत्यु भएको छ ।

अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap