ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु


लेखक : सुन्दराञ्चल      माघ १३, २०७८ मा प्रकाशित     
ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु

काठमाडौं माघ,१३। काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap