गौरीफन्टा नाकामा फेरि एक नेपालीको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
गौरीफन्टा नाकामा फेरि एक नेपालीको मृत्यु

धनगढी ३ भाद्र । कैलाली-कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा बिहीबार फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका- २ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।

बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसँग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बेहोस भएर ढलेपछि उनको मृत्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए । ‘वनगाउँ जान लागेकी दिदी सासुसँग नाकामै भेट भएको रहेछ,’ उनले भने, ‘भेट भएर कुरा गर्दागर्दै ढलेछन् ।’

नाकामै ढलेर बेहोस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।

गौरीफन्टा नाकामा दुई दिनअघि पनि भारतबाट आएका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक व्यक्तिको मृत्यु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap