गोविन्दाकी पत्नी सुनिताको आक्रोश–‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न चाहन्नँ’


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
गोविन्दाकी पत्नी सुनिताको आक्रोश–‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न चाहन्नँ’

बलिउड नायक गोविन्दा र उनकी पत्नी सुनिता आहुजा हालै मात्र कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा अतिथी बनेर पुगेका थिए । गोविन्दा र सुनिता आउने भएपछि कलाकार कृष्णाले यो भाग छायांकन गर्न अस्विकार गरेका थिए ।

कृष्णा र गोविन्दाको ३ बर्षदेखि शितयुद्ध चलिरहेको छ । यसैले, पनि आफू र मामा गोविन्दाले एकसाथ स्टेज शेयर गर्दा मिडियामा मसला हुने भन्दै कृष्णाले शोको यो भाग छायांकन गर्न अस्विकार गरेका थिए ।

तर, कृष्णाको यो व्यवहारबाट गोविन्दा र उनकी पत्नी सुनिता भने खुशी छैनन् । सुनिताले आफूले जीवनभर कृष्णाको अनुहार हेर्न नचाहेको प्रतिक्रिया दिएकी छिन् । भारतीय मिडियासँग कुरा गर्दै सुनिताले भनेकी छिन्–‘कृष्णाले उक्त भागको छायांकन गर्न नमानेर जुन कुरा हाम्रो परिवारको बारेमा बोलेका छन्, यसले मलाई निक्कै नै दुःखी बनाएको छ । गतबर्ष नै गोविन्दाले एक विज्ञप्ती जारी गर्दै घरको बिषयलाई सार्वजनिक रुपमा मसला नबनाउने बताएका थिए । गोविन्दा यो कुरामा स्पष्ट छन् । तर, कृष्णाले सार्वजनिक रुपमा नै बोलेपछि यो बिषयमा कुरा गर्न आवश्यक छ भन्ने मलाई लाग्छ ।’

सुनिताले अगाडि भनिन्–‘जब हामी कपिलको शोमा अतिथी बनेर पुग्छौं, कृष्णाले प्रचारका लागि मिडियामा केही न केही बोलेका हुन्छन् । यो सबै कुरा गरेर के फाइदा छ ? घरको बिषयलाई सार्वजनिक गर्नुको कुनै तुक छैन । कृष्णाविना पनि हामी उपस्थित भएको शो हिट हुन्छ । यसपटक पनि यही नै हुनेवाला छ ।’

सुनिताले कृष्णाको कमेडी प्रतिभा मामा गोविन्दाको नाम उपयोग गर्नमा नै ठिक्क भएको आरोप लगाएकी छिन् । कृष्णाले मामाको नाम नलिई आफूलाई हिट बनाउन नसक्ने दाबी सुनिताको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap