गोदावरी नगरपालिकाले ३५ जना कर्मचारी माग्दा १३ सय बढीले दिए आवेदन


लेखक : सुन्दराञ्चल      साउन २९, २०७८ मा प्रकाशित     
गोदावरी नगरपालिकाले ३५ जना कर्मचारी माग्दा १३ सय बढीले दिए आवेदन

धनगढी २९ साउन । कैलालीको गोदावरी नगरपालिकाले करारमा कर्मचारी माग गरेपछि ठूलो संख्यामा आवेदन परेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै नगर भित्र आवश्यक बिभिन्न ९ पदका लागि ३५ जना कर्मचारी माग गरेपछि ठूलो संख्यामा आवेदन परेको हो ।

नगरपालिकाले साउन १४ गते प्रथम पटक सुचना प्रकाशित गर्दै १५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान गर्न भनिएको थियो । जसमा बिभिन्न पदका लागि १३ सय बढीले आवेदन दिएको गोदावरी नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

साउन १४ गते देखी २८ गते सम्म आवेदन दिने म्याद तोकिएमा १३ सय ६९ जनाले आवेदन दिएका छन् । जसमा सबै भन्दा बढी सहायक कम्युटर अपरेटरका लागि आवेदन परेको छ । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर माग गरेकोमा ३ सय ९८ जनाले आवेदन फाराम भरेका छन् ।

त्यसपछि कार्यालय सहयोगीमा ५ जना माग गर्दा ३ सय १४ जनाले आवेदन दिएको प्रशासनले जनाएको छ । यस्तै एक जना फार्मेसी सहायक माग गरेकोमा १५ जना , एक जना रिसेप्सनलिष्ट माग गरको ८५ जना , ५ जना ल्याब असिस्टेण्टका माग गरेकोमा १ सय ६८ जना , ५ जना अहेब माग गरेकोमा १ सय ९३ जना , ७ जना अनमी माग गरेकोमा १ सय ५४ जनाको आवेदन परेको छ ।

यस्तै १ जना भ्याकु लोडर सह चालक मागेकोमा १३ जना र ३ जना स्वीपर माग गरेकोमा २९ जनाले आवेदन फाराम भरेका छन् । नगरपालिकाले मालाखेती अस्पताल , वडा कार्यालयहरु , नगरभित्रका बिभिन्न शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका लागि कर्मचारीहरु माग गरेको हो ।

आवेदन दिने म्याद सकिएकाले अबको केही दिनपछि संक्षिप्त सुची सर्टलिष्टको नाम सार्वजनिक गरिने र त्यसपछि प्रयोगात्मक तथा अन्र्तवार्ता हुने नगरपालिकाले जनाएको छ ।

छनौट भएका कर्मचारीहरुको कार्य अबधि २०७८ साल पौष मसान्त सम्म हुने र कार्य सम्पादन सन्तोषजनक भएमा करार सम्झौता थप गर्न सकिने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap