गोदावरीले मागेको कर्मचारीमा आवेदन भरेकाहरुको सर्टलिष्ट नाम कहिले आउछ ?


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
गोदावरीले मागेको कर्मचारीमा आवेदन भरेकाहरुको सर्टलिष्ट नाम कहिले आउछ ?

धनगढी ११ भाद्र । कैलालीको गोदावरी नगरपालिकाले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गर्दा त्यसका लागि आवेदन दिनेहरुको संख्या पनि त्यतिकै धेरै छ । नगरपालिकाले साउन १४ गते प्रथम पटक सुचना प्रकाशित गर्दै बिभिन्न ९ पदका लागि ३५ जना कर्मचारी माग गरेको थियो ।

१५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान दिन भनिएकोमा त्यो अबधिमा साचे भन्दा बढीले आवेदन दिए । साउन १४ गते देखी २८ गते सम्ममा १३ सय ६९ जनाले आवेदन दिएको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

आवेदन दिने म्याद सकिएपछि सुरुमा संक्षिप्त सुची सर्टलिष्टको नाम सार्वजनिक गरिने र त्यसपछि प्रयोगात्मक तथा अन्र्तवार्ता हुने प्रशासन शाखाले जनाएको छ । अहिले आवेदन दिएकाहरु सर्टलिष्टको नाम कहिले आउँछ भन्ने प्रतिक्षामा रहेका छन् ।

सर्टलिष्टको नाम सार्बजनिक गर्नका लागि नगरपालिकाले काम सुरु गरेको छ । नगरपालिकाका प्रशासकिय अधिकृत लोक बहादुर खड्काका अनुसार अहिले आवेदकहरुका फाईलहरु हेर्ने काम भैरहेको छ । सोचे भन्दा बढी आवेदन परेपछि सर्टलिष्टको नाम निकाल्न केही समय लाग्ने उनले बताए । उनले आवेदकहरुको योग्यता र मुल्याङ्कनको अधारमा सर्टलिष्टको नाम सार्बजनिक गरिने बताए ।

‘३५ जना कर्मचारी माग गरेकोमा १३ सय बढीको आवेदन दिएका छन्, यति धेरैको आवेदन पर्दा सबैका डकोमेन्टहरु हेर्नका लागि धेरै समय लाग्ने देखिएको छ उनले भने – ‘यहि मितिमा सर्टलिष्टको नाम सार्बजनिक गर्छाै भन्ने छैन तर अझै समय लाग्छ ।’

सर्टलिष्ट आएपछि बाकिँ प्रयोगात्मक तथा अन्र्तवार्ता हुने उनले बताए । नगरपालिकाले मागेको कर्मचारीहरुमा सबै भन्दा बढी सहायक कम्युटर अपरेटरका लागि आवेदन परेको छ । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर माग गरेकोमा ३ सय ९८ जनाले आवेदन फाराम भरेका छन् ।

त्यसपछि कार्यालय सहयोगीमा ५ जना माग गर्दा ३ सय १४ जनाले आवेदन दिएको प्रशासनले जनाएको छ ।

यस्तै एक जना फार्मेसी सहायक माग गरेकोमा १५ जना , एक जना रिसेप्सनलिष्ट माग गरको ८५ जना , ५ जना ल्याब असिस्टेण्टका माग गरेकोमा १ सय ६८ जना , ५ जना अहेब माग गरेकोमा १ सय ९३ जना , ७ जना अनमी माग गरेकोमा १ सय ५४ जनाको आवेदन परेको छ ।

यस्तै १ जना भ्याकु लोडर सह चालक मागेकोमा १३ जना र ३ जना स्वीपर माग गरेकोमा २९ जनाले आवेदन फाराम भरेका छन् ।

नगरपालिकाले मालाखेती अस्पताल , वडा कार्यालयहरु , नगरभित्रका बिभिन्न शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका लागि कर्मचारीहरु माग गरेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap