गोदावरीले मागेको कर्मचारीमा आवेदन भरेकाहरुको सर्टलिष्ट नाम कहिले आउछ ?


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
गोदावरीले मागेको कर्मचारीमा आवेदन भरेकाहरुको सर्टलिष्ट नाम कहिले आउछ ?

धनगढी ११ भाद्र । कैलालीको गोदावरी नगरपालिकाले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गर्दा त्यसका लागि आवेदन दिनेहरुको संख्या पनि त्यतिकै धेरै छ । नगरपालिकाले साउन १४ गते प्रथम पटक सुचना प्रकाशित गर्दै बिभिन्न ९ पदका लागि ३५ जना कर्मचारी माग गरेको थियो ।

१५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान दिन भनिएकोमा त्यो अबधिमा साचे भन्दा बढीले आवेदन दिए । साउन १४ गते देखी २८ गते सम्ममा १३ सय ६९ जनाले आवेदन दिएको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

आवेदन दिने म्याद सकिएपछि सुरुमा संक्षिप्त सुची सर्टलिष्टको नाम सार्वजनिक गरिने र त्यसपछि प्रयोगात्मक तथा अन्र्तवार्ता हुने प्रशासन शाखाले जनाएको छ । अहिले आवेदन दिएकाहरु सर्टलिष्टको नाम कहिले आउँछ भन्ने प्रतिक्षामा रहेका छन् ।

सर्टलिष्टको नाम सार्बजनिक गर्नका लागि नगरपालिकाले काम सुरु गरेको छ । नगरपालिकाका प्रशासकिय अधिकृत लोक बहादुर खड्काका अनुसार अहिले आवेदकहरुका फाईलहरु हेर्ने काम भैरहेको छ । सोचे भन्दा बढी आवेदन परेपछि सर्टलिष्टको नाम निकाल्न केही समय लाग्ने उनले बताए । उनले आवेदकहरुको योग्यता र मुल्याङ्कनको अधारमा सर्टलिष्टको नाम सार्बजनिक गरिने बताए ।

‘३५ जना कर्मचारी माग गरेकोमा १३ सय बढीको आवेदन दिएका छन्, यति धेरैको आवेदन पर्दा सबैका डकोमेन्टहरु हेर्नका लागि धेरै समय लाग्ने देखिएको छ उनले भने – ‘यहि मितिमा सर्टलिष्टको नाम सार्बजनिक गर्छाै भन्ने छैन तर अझै समय लाग्छ ।’

सर्टलिष्ट आएपछि बाकिँ प्रयोगात्मक तथा अन्र्तवार्ता हुने उनले बताए । नगरपालिकाले मागेको कर्मचारीहरुमा सबै भन्दा बढी सहायक कम्युटर अपरेटरका लागि आवेदन परेको छ । नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर माग गरेकोमा ३ सय ९८ जनाले आवेदन फाराम भरेका छन् ।

त्यसपछि कार्यालय सहयोगीमा ५ जना माग गर्दा ३ सय १४ जनाले आवेदन दिएको प्रशासनले जनाएको छ ।

यस्तै एक जना फार्मेसी सहायक माग गरेकोमा १५ जना , एक जना रिसेप्सनलिष्ट माग गरको ८५ जना , ५ जना ल्याब असिस्टेण्टका माग गरेकोमा १ सय ६८ जना , ५ जना अहेब माग गरेकोमा १ सय ९३ जना , ७ जना अनमी माग गरेकोमा १ सय ५४ जनाको आवेदन परेको छ ।

यस्तै १ जना भ्याकु लोडर सह चालक मागेकोमा १३ जना र ३ जना स्वीपर माग गरेकोमा २९ जनाले आवेदन फाराम भरेका छन् ।

नगरपालिकाले मालाखेती अस्पताल , वडा कार्यालयहरु , नगरभित्रका बिभिन्न शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका लागि कर्मचारीहरु माग गरेको हो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap