गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास

काठमाडौं माध २ गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।२४औं भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरूले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताए ।

भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने मन्त्री खाँडको भनाइ छ ।

गृहमन्त्री खाँडले भने, ‘हामी सबै विषम परिस्थितिमा छौं । कोरोनाको तेस्रो लहरको कारण नेपाली जनता अहिले आक्रान्त भएका छन् । सरकारसहित सबै निकायले आम नेपालीहरूको जीवन रक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौं । स्थानीय जनप्रतिनिधिहरूलाई निर्माणको हाम्रो प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न अनुरोध गर्दछु ।

यो गर्न सके विगतमा भएका ठूला नोक्सानीलाई रोक्न सक्छौं । व्यवस्थापन गर्न सक्छौं ।’
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए ।मेयर शाक्यले स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap