गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी गराउने


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी गराउने

काठमाडौं २३ भाद्र । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनकाे पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् । जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका छन् ।

घटनापछि सरकारले के–के काम गरेको छ भन्ने विषयमा गृहमन्त्रीले संसदलाई जानकारी गराउनुहुनेछ,” कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, “सरकारले भारतलाई पठाएको कुटनीतिक नोटमा के भनिएको छ, परिवारलाई सरकारले के गरेको छ भन्ने सबैकुरा गृहमन्त्रीले संसदमा राख्नुहुने छ ।” सरकारले घटनाको लामो समयसम्म कुटनीतिक नोट नपठाएको, भारतीय पक्षबाट घटना घटाएको विषयमा बोल्नसमेत डराएको भन्दै आजै प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाउँदै छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap