गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान

२१ साउन, काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान गरेको छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज बिहान स्थलगत अध्ययनका लागि गस्कु मालघाट गएको हो ।

स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा जानकारी लिने र जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढंगले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने गौतमले बताए ।

गत साउन १५ गते व्यास गाउँपालिका-२ का मालका जयसिंह धामी सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए । धामीले तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार फुकालिदिँदा उनी महाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताउने गरेका छन् । बेपत्ता धामी जीवित रहने आश मारेर परिवारजनले कुशको शवको आकृति बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

भारतीय प्रशासनले एसएसबीले सो क्षेत्रमा गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री बालकृष्ण खाँणले जनाएका छन् ।

घटनाको सत्य तथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए । सहसचिव गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

छानबिन टोली गत मंगलबार दार्चुला पुगेको थियो । सो टोलीले बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap