गिनिज बुकमा नाम लेखाएको संसारकै बुढो सुँगुर


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
गिनिज बुकमा नाम लेखाएको संसारकै बुढो सुँगुर

गिनिज बुकमा नाम लेखाउने मौका एउटा सुँगुरले पनि प्राप्त गरेको छ । सबैभन्दा लामो उमेरसम्म बाँचेर एउटा सुँगुरले गिनिज बुकमा नाम लेखाएको हो ।

संसारमा मानव इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने व्यक्तिको नाम जिरोमोन किमुरा हो । जापानका किमुरा १२२ वर्ष अनि १६४ दिनसम्म जीवित रहे । त्यसो भए सबैभन्दा धेरै आयु बाँच्ने सुँगुरको उमेर कति भयो होला त ? हालै गिनिज बुकमा नाम लेखाएको उक्त सुँगुर २३ वर्षको भएको छ ।

अमेरिकाको इलिनोइसमा बस्ने एक दम्पतीले घरमा पालेको उक्त सुँगुरले अहिलेसम्मकै सबैभन्दा पाको उमेरको सुँगुरको रुपमा गिनिज बुकमा नाम लेखाएको हो ।

मुन्डेलिन क्षेत्रमा बस्ने प्याट्रिक कनिंघम र स्टेन कफम्यानका अनुसार उनीहरुले बेबी जेन नामक उक्त सुँगुरलाई जम्मा आठ हप्ताको छँदा भर्जिनियाबाट पाल्नका लागि ल्याएका थिए । अहिले यो सुँगुरको उमेर २३ वर्ष २ महिना नाघिसकेको छ ।

ती दम्पतीले उक्त सुँगुरलाई ओछ्यानमा सँगै सुताउँछन् । जेनलाई ओछ्यान निकै प्यारो लाग्ने र ऊ लमतन्न परेर ओछ्यानमा पल्टिएपछि आफूहरुका लागि निकै कम मात्रै ठाउँ बच्ने कनिंघम बताउँछन् ।

घरमा बेबी जेनसँगै लुसी नामको अर्को सुँगुर पनि उनीहरुले पालेका छन् । ती दुई सुँगुर निकै मिलीजुली घरमा बस्ने गरेका छन् । बेबी जेनलाई खेल्ने तथा नुहाउने समयमा मात्र घर बाहिर लैजाने गरिएको छ । अन्य समय बेबी जेन परिवारसँगै घरभित्रै बस्ने गरेको छ ।

एजेन्सीको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap