गाडीको चाप घटाउँदैमा मानिसको चाप घट्छ र ?


लेखक : सुन्दराञ्चल      माघ १०, २०७८ मा प्रकाशित     
गाडीको चाप घटाउँदैमा मानिसको चाप घट्छ र ?

काठमाडौं माघ १० । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिएपछि सरकारले शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । उपत्यकाभित्र विभिन्न सेवामा कटौती गरेको प्रशासनले सवारी साधनमा लगाएको जोरबिजोर प्रणालीको भने सर्वत्र विरोध हुने गरेको छ ।

यसपटक मात्रै होइन, हरेक लहरमा सरकारले एकपटक जोरबिजोर लागू गरेकै छ । तर जतिपटक स्थानीय प्रशासनले जोरबिजोर प्रणाली लागू गर्छ प्रत्येक पटक आलोचना हुन्छ । सामान्य बुझाइमा सवारी साधनको संख्या धेरै भयो भने यसमा यात्रा गर्नेहरुले दूरी कायम गर्न सक्छन् । तर संख्या कम हुँदा सवारी साधनमा अझ बढी भीड हुन्छ । यति हुँदाहुँदै पनि जोरबिजोर लागू गर्नुको कारण के हो ? हामीले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोधेका छौं ।

Kathmandu Covid-19 lockdown relaxed | Nepali Times
सवारी साधन सञ्चालनमा अहिले जोर-बिजोर प्रणाी लागू गरिएको छ, यसको खास कारण के हो ?पछिल्लो समय बढ्दै गएको कोरोनाको तेस्रो लहरमा संक्रमित हुनेको संख्या बढ्न थाल्यो । भीडभाड हुँदा यसले संक्रमण फैलाउन सहयोग गर्ने भएकाले हामीले चलचित्र घर, खेलकुदका कार्यक्रमहरु, सभा सम्मेलन, पार्टी भोज जस्ता सम्भावित भीड हुने क्षेत्रमा कडाइ गर्‍यौं । अन्य सरकारी तथा अत्यावश्यक बाहेकका निजी सेवा पनि ५० प्रतिशत अकुपेन्सीमा चल्न थालेको अवस्था छ । त्यसैले सबै सेवा आधा सञ्चालन भइरहेको अवस्थामा यातायात सेवामा पनि जोरबिजोर प्रणाली लागू गरिएको हो ।

जोरबिजोरले गाडीको संख्या त आधा कम गर्ला । तर गाडीको चाप घटाउँदैमा मानिसको चाप घट्छ र ?

हामीले सवारीमा जोरबिजोर लागू गर्नुभन्दा पहिले धेरै सरकारी तथा निजी क्षेत्रका सेवामा कटौती गरायौं । जस्तो, सरकारी सेवा आधा मात्रै सञ्चालनमा छ, निजी क्षेत्रमा पनि संक्रमण बढिसकेपछि केही सेवा बन्द भएका छन्, खेलकुद गतिविधि र सिनेमा हल बन्द भइसकेका छन् । सामाजिक सांस्कृतिक गतिविधिहरु जस्तै विवाह, ब्रतबन्ध गर्दा पनि संख्या तोकेर नियन्त्रण गरिएको छ, धार्मिक तीर्थस्थल पनि बन्द छन् ।

यस्तो अवस्था जोरबिजोर प्रणाली लागू गर्दा यी काम नपर्ने क्षेत्रका मानिसहरुको गतिविधि नियन्त्रण हुन्छ । कारबाहीमा पर्ने डरले पनि उनीहरु हिँडडुल गर्दैनन् । त्यसैले जोरबिजोर प्रणालीले सवारी साधन मात्रै होइन, मान्छेको चाप पनि घट्छ भन्ने हाम्रो बुझाइ हो ।

जोरबिजोर प्रणाली कार्यान्वयन गराउँदै ट्राफिक प्रहरी

गाडीको संख्या घटाउँदा मानिसको चाप घट्नुको साटो अरु धेरै बढ्ने होइन र ? जस्तो, दुईवटा सार्वजनिक बसमा यात्रु चढ्दा जति संख्या पातलो हुन्छ, त्यति नै यात्रु एउटा बसमा चढ्दा त चाप बढ्ने हुँदैन ?

सामान्य गणितीय हिसाबमा सवारीको संख्या घट्दा मान्छेको चाप त्यसमा बढ्छ । तर हामीले जोरबिजोर प्रणाली लागू गरेर सवारी कम गर्नुको अर्थ अत्यावश्यक सेवाको लागि बाहेक धेरै मान्छे हिँडडुल नगर्नुस् भनेर हो । हामीले ढुवानीका गाडीलाई रोकेका छैनौं, अत्यावश्यक सेवाका गाडीलाई रोकेका छैनौं र निजीमै पनि अत्यावश्यक काम छ भने जोरको दिन बिजोर गाडी पनि चल्न दिएका छौं ।

हाम्रो उद्देश्य अनावश्यक हिँडडुल चाहिं कम होस् भन्ने मात्रै हो । गाडी चाहिं कम गर्ने तर सबै मान्छे काम नपरे पनि हुल बाँधेर हिँड्ने हो भने त सार्वजनिक सवारीमा भीड हुने नै भयो । तर कोरोनाको भय हुने भएकाले अत्यावश्यक बाहेक म सवारी साधन प्रयोग गर्दिन र बाहिरै पनि त्यसै निस्किन्न भन्ने हो भने धेरै सेवा कटौती भइसकेकाले सार्वजनिक सवारीमा पनि भीड धेरै त हुँदैन । तर हामी सर्वसाधारणको सल्लाह र कोरोनाको जोखिम अनुसार अबको बैठकबाट यसमा पनि समीक्षा गर्छौं । संक्रमण न्यून हुँदै गयो भने यो व्यवस्था हट्छ ।

काम विशेष वा बाध्यताले घरबाहिर निस्कनेका लागि त यसले बढी नै सास्ती हुन्छ नि होइन र ?

विशेष काम र बाध्यतामा परेकालाई अप्ठ्यारोमा पार्ने गरेका छैनौं । सबै कुरालाई नकारात्मक हिसाबले मात्रै सोच्नुहुँदैन । एकपटक ट्राफिकले सोधपुछ गर्दैमा त्यसलाई सास्ती मान्नु हुँदैन । हामीले अस्पताल जाने, मृत्यु संस्कार वा अन्य अत्यावश्यक काममा जान लागेका व्यक्तिलाई निर्वाध रुपमा हिँड्न सक्ने व्यवस्था गरेका छौं । र, अर्काे कुरा यो जे प्रतिबन्ध लागेको छ यो संक्रमण रोकेर जनजीवन सामान्य होस् भन्नको लागि हो । कसैलाई दुःख दिन गरिएको व्यवस्था होइन भनेर बुझ्नु पर्‍यो ।

जोरबिजोर प्रणालीले त सार्वजनिक यातायात चढ्ने निमुखा वा गरिबलाई नै बढी असर पार्छ होइन र ?

यसले निमुखालाई सताउने होइन, यो सबैलाई संक्रमणबाट बचाउन चालिएको कदम मात्रै हो ।

हुनेखानेहरुसँग एक-दुईवटा गाडी हुनसक्छ । ट्याक्सी प्रयोग गर्न सक्छन् । तर, सार्वजनिक यातायात चढ्नेलाई त यसले बढी दुःख दिने भयो नि होइन र ?

यसमा हुनेखाने र हुँदाखानेबीच विभेद हुँदैन । कुनै व्यक्तिको घरमा चारवटा गाडी छ भने उसले पनि दुईवटा मात्रै चलाउन पाउँछ । कसैको घरमा दुईवटा मोटरसाइकल छ भने उनीहरुको लागि पनि एउटै मात्रै चलाउन पाउन सक्छन् । सवारी नै नहुनेलाई त झनै सार्वजनिक सवारी उपलब्ध भइहाल्छ । म फेरि पनि भन्छु, यो हुनेखाने र हुँदाखानेबीचको खाडल थप्नेगरी गरिएको व्यवस्था होइन, सबैको लागि समान खाले व्यवस्था हो ।

यसअघि पनि यस्तो व्यवस्था लागू भइरहेको थियो, त्यतिबेला कत्तिको प्रभावकारी देखियो ? कुनै समीक्षा भएको छ ?

प्रभावकारिताको कुरा गर्दा सरकारले लागू गरेको कुनै पनि नीति सर्वसाधारणले पूर्ण रुपमा पालना गर्दैनन् । त्यसैले यसको प्रभावकारिता पनि पूरा खोज्न सकिँदैन । जति सकिन्छ धेरै लागू गराउने र संक्रमण जोगाउने भन्ने हो । यसअघिका जोरबिजोरले पनि धेरै संक्रमण रोक्यो भन्ने भएकाले त अहिले पनि यो लागू भयो नि । हामीले यो आफैंले मात्रै निर्णय गर्ने होइन । यसमा सीसीएमसी, गृह मन्त्रालय जस्ता निकायको सुझाव र संक्रमणका अवस्थालाई विश्लेषण गरेर यस्तो निर्णय लिने गरिन्छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap