गाउँमै राम्रो अस्पताल र बाटो बनेको भए मेरो बाबु बित्ने थिएन


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
गाउँमै राम्रो अस्पताल र बाटो बनेको भए मेरो बाबु बित्ने थिएन

दैलेख माघ ७ मेरो नाम शीतला शाही हो । म दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नंं. १ सिराडी निवासी हुँ । म २२ वर्षकी भएँ । मैले अहिलेसम्म तीन सन्तानलाई जन्म दिएँ । पहिलो सन्तान छोरो थियो तर जन्मिने वित्तिकै बित्यो । त्यो बेला हामी भारतको मुम्बईमा बस्थ्यौं ।

मैले १६ वर्षकै उमेरमा विवाह गरेकी हुँ । श्रीमान्को नोकरी (जागिर) त्यहीं थियो । पहिलो सन्तान बितेपछि एक वर्षपछि हामी नेपाल फर्कियौं । हाम्रो दोस्रो बच्चा यहीं जन्मिएको थियो । निकै अप्ठ्यारो समस्याका बीचमा दोस्रो सन्तान हुर्काउन सफल भयौं ।

तेस्रो सन्तान पनि छोरो नै जन्मियो । भगवानको दशा भनौं कि के भनौं, बाँचेन । के गर्नु नौ महीना कोखमा राखेर निकै पीडा भोगेर जन्मदिएको छोरो बचाउन नसक्दा बैराग (चिन्ता) लागेर आउँछ ।

१६ साउन २०७८ मा बाबु जन्मिएको हो । त्यसको ठीक चार दिन पहिला मलाई सुत्केरी व्यथा लागेको थियो । हातखुट्टा निकै गल्थे (दुख्थे) । १६ गते दिउँसो १ बजेतिर घरकै गोठमा बाबुलाई जन्म दिएकी हुँ । घरमै सुत्केरी भएपछि धेरै रगत बग्यो । साल निस्किएन । गाह्रो भएपछि स्ट्रेचरमा राखेर मलाई अस्पताल लगे । अस्पतालमा साल निस्कियो । रगत बग्न पनि कम भयो । त्यसपछि साँझ घर फर्कियौं ।

एक हजार रुपैयाँ दिएर गाडी निकालिदिन भन्यौं । तर यतिबेलासम्म बच्चाको मृत्यु भइसकेछ । बाहिर पानी परिरहेको थियो । आफ्नै काखमा सन्तानको मृत्यु हुँदा यो आमालाई कस्तो भयो होला ?

अनि बाबु बिराम भयो । रातभरि गोठको चिसोले होला बाबुको अवस्था झन् जटिल बन्दै गयो । १७ गते बिहानै बाबुलाई अस्पताल लग्यौं । साथमा श्रीमान् पनि हुनुहुन्थ्यो । तर ठाँटीकाँध स्वास्थ्य केन्द्रमा उपचार सम्भव भएन । अवस्था थप जटिल बनेपछि त्यहाँबाट सुर्खेत लैजान भनियो । मलाई छाँगाबाट खसे जस्तो भयो । सुर्खेत जान गाडी खोज्यौं तर कतै पाएनौं । अस्पतालको एम्बुलेन्स भन्दा त्यहाँका मान्छे (कर्मचारी) ले बिग्रिएको छ भने । बिहान १० बजेदेखि गाडी खोज्दा खोज्दै दिउँसो ३ बज्यो । हिंडेर सुर्खेत जान सम्भव थिएन ।

पछि थाहा भयो एम्बुलेन्स बिग्रिएको रहेनछ । एम्बुलेन्स चालक किशोर हाम्रै गाउँका थिए । त्यही एम्बुलेन्समा सुर्खेततिर लाग्यौं । साउनको महीना ठाउँठाउँमा सडक बिग्रिएको थियो । एकातिर भर्खर सुत्केरी भएको शरीर झनै दुखिरहेको थियो । अर्कातिर छोराको चिन्ताले पिरोलेको थियो । पटक–पटक एम्बुलेन्स हिलोमा धसिन्थ्यो । पातल खोलामा गाडी ननिस्किने गरी फस्यो । त्यो बेला रातिको नौ बजिसकेको थियो ।

एक हजार रुपैयाँ दिएर गाडी निकालिदिन भन्यौं । तर यतिबेलासम्म बच्चाको मृत्यु भइसकेछ । बाहिर पानी परिरहेको थियो । आफ्नै काखमा सन्तानको मृत्यु हुँदा यो आमालाई कस्तो भयो होला ? त्यो म के भनुँ । रातिको ११ बजिसकेको थियो । नजिकैको एउटा होटलमा बस्यौं । एकातिर बाबु वितेको छ, अर्कातिर भर्खरै सुत्केरी भएकी मलाई झनै असह्य पीडा भइरहेको थियो ।

भोलिपल्ट बिहानै किशोर र श्रीमान् गएर बाबुलाई कर्णालीको किनारमा गाडेर आउनुभयो । होटलको बार्दलीमा बसेर रुनु बाहेक मसँग केही उपाय थिएन । जिन्दगीमा यस्तो पीडा कसैले भोग्नु नपरोस् भनेर भगवानसँग प्रार्थना गरें । अनि विरक्तिएको भारी मन बोकेर घर फर्कियौं । घर जाँदा पनि पाउनुसम्म दुःख पायौं । तीन दिनको सुत्केरी म गाडी नपाइएपछि चार घण्टाको पैदल बाटो हिंड्नु पर्‍यो । १०० भन्दा बढी ठाउँमा बस्दै जाँदा रातिको ९ बजे घर पुगें ।

अनि उही गोठमै बसें । हाम्रो गाउँमा सुत्केरी भएका बेलामा घरमा बस्न पाइँदैन । चुलो छुन पाइँदैन । सुत्केरी भएको १२ दिनसम्म घरमा बसे, चुलो छोए, देवी/देउता रिसाउँछन् । बिसन्चो हुन्छ, काम सफल हुँदैन । घरपरिवारका मान्छेहरू बिरामी पर्छन् । घरमा आगलागी हुन्छ, वनमा गएका गाईबस्तु बाघले खाइदिन्छ, भैंसीले दूध दिंदैन, घरमा सर्प आउँछ भन्ने मान्यता छ ।

गोठमा एक्लै बस्दा निकै पीडा हुन्छ । मनले इच्छाएको खान पाइँदैन । तातो कपडा ओढ्न पाइँदैन । कसैले हात समेत लगाउँदैन, सहयोग त परको कुरा । अत्यासलाग्दो रात, गोठको चिसो । छोरो बितेको चिन्ताले छट्पटिन्थें । १२ दिनपछि चोखिएँ, (ब्राह्मणबाट शुद्धिकार्य गरेर) गहुँत खाएँ अनि सुनपानी छर्किएर घर गएँ ।

दैवको लीला हामी गरीबलाई त भगवानले पनि हेर्ने रहेनछ । गाउँमै राम्रो अस्पताल र बाटो बनेको भए मेरो बाबु बित्ने थिएन । यो मेरो मात्रै समस्या हैन, हाम्रा गाउँका सबैले यस्तै अवस्था भोग्नु परेको छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap