गाई मारेको आरोपमा युवक पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
गाई मारेको आरोपमा युवक पक्राउ

बझाङ ११ भाद्र । जिल्लाको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन् । जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकोे छ ।

राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिप्रका बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap