लान्सेट जर्नलमा प्रकाशित अनुसन्धान अनुसार पछिल्लो ३० वर्षमा उच्च रक्तचापको मामलामा थोरै परिवर्तन भएको छ । उच्च आय भएका देशहरुमा यसको संख्या घट्दै छ र कम आय भएका देशहरुमा बढ्दै छ । धनी देशहरुले समयसँगै कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सिकेका छन् त्यो कुरा पनि यसमा उल्लेख छ ।
विश्वभरका १५० करोड जनाको साझा समस्या
डब्लूएचओका अनुसार हाल विश्वभर १५० करोड मानिसहरु उच्च रक्तचापबाट पीडित छन् । २०१९मा १.७९ करोड जना मुटु रोगका कारण मरे । समग्र मृत्युहरुको एक तिहाइ हिस्सा उच्च रक्तचापले लिएको छ । किनभने उच्च रक्तचापका बिरामीहरु यो रोगलाई राम्रोसँग बुझ्दैनन् । यसको लक्षण देखिँदैन । कतिपयलाई एकैपटक हृदयघात हुन्छ । त्यसैले यो रोगलाई साइलेन्ट किलर पनि भनिन्छ ।
गरिबीका कारण उच्चरक्तचाप बढ्दैछ ?
इम्पेरियल कलेज लन्डनका प्रोफेसर माजिद इज्जाती भन्छन् ‘यो गरिबीले ग्रस्त स्थिति हो, किनकि अफ्रिका, दक्षिण एशिया र प्रशान्त टापुका बिरामीहरु अझै पनि आवश्यक उपचारको अभावमा समस्यामा छन् । डब्ल्यूएचओको गैर–सरुवा रोगसम्बन्धी निर्देशक बेन्ट मिक्केन्सन भन्छन्, ‘हामीलाई थाहा छ कि उच्च रक्तचापका लागि एक किफायती उपचार छ ।
कसरी गर्ने रक्तचाप नियन्त्रण ?
धुम्रपानका कारण २० मिनेटसम्म बढ्न सक्छ रक्तचाप
धमनीका भित्ताहरुलाई निकोटिनले कडा बनाइदिन्छ । यसबाहेक यसले रगत जमाउन समेत सहयोग गर्छ । कुनै पनि व्यक्तिले एउटा चुरोट पिउँदा उसको मुटुको धड्कन सामान्य हुन २० मिनेटको समय लाग्छ । त्यसकारण चुरोट छाड्नु नै उचित हुन्छ ।
एक किलो तौल घटाउँदा एक तह कम हुन्छ रक्तचाप
शरीरको तौल घटाउनु पनि उच्च रक्तचाप नियन्त्रणको एउटा उपाय हो । तर सबैमा यो लागु नहुन सक्छ । विशेषगरी मोटोपना भएका मान्छेले एक किलो तौल घटाउँदा उनीहरुमा रक्तचापको जोखिम कम हुन्छ । यदि पुरुषहरुको कम्मर ४० इन्चभन्दा बढी र महिलाहरुको कम्मर ३५ इन्चभन्दा बढी छ भने पनि यसले समेत जोखिम उच्च देखाउँछ ।
खानामा ५ ग्रामभन्दा बढी नुन नखाने
बढी नुन खानु पनि स्वास्थ्यको लागि जोखिम बढाउनु हो । एक युवावस्थाको व्यक्तिले एकदिनमा ६ ग्रामभन्दा कम नुन खानुपर्छ । एक चम्चा नुनमा २,३०० मिलीग्राम सोडियम हुन्छ । खानामा सोडियमको मात्रा घटाएर पनि हामी रक्तचाप नियन्त्रणमा लिन सकिन्छ ।
३० मिनेटको व्यायामबाट ५देखि ८ विन्दुसम्म घट्नसक्छ रक्तचाप
नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित अनुसन्धान अनुसार यदि एकदिनमा ३० मिनेट हिँडिन्छ भने त्यसले ५ देखि ८ विन्दुसम्म रक्तचाप नियन्त्रणमा लिन सक्छ । तर यस्तो हिँडाइमा लगातार पैदल हिँड्ने गर्नुपर्छ । अन्यथा रक्तचाप फेरि बढ्न सक्छ । यसबाहेक दौड, साइक्लिङ र नृत्यले रक्तचाप कम गर्छ ।
ब्लड प्रेसर १४०-९०, यानी हाइपरटेन्सनको खतरा
जब एक व्यक्तिको रक्तचाप १४०-९० को स्तरसम्म पुग्यो भने त्यसलाई उच्च रक्तचाप भनिन्छ । १२०÷८० देखि १३०÷८९ को बीचमा भएको रक्तचाप भएमा त्यसलाई पूर्व उच्च रक्तचाप मानिन्छ ।