गरिब मुलुकमा बढ्दैछ उच्च रक्तचापको समस्या, कसरी गर्ने नियन्त्रण ?


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
गरिब मुलुकमा बढ्दैछ उच्च रक्तचापको समस्या, कसरी गर्ने नियन्त्रण ?
विश्वभरका मान्छेमा ब्लड प्रेसर अर्थात् हाइपरटेन्सन बढ्ने खतराको कारण गरिबी र मोटोपना समेत हो । विश्व स्वास्थ्य संगठनले भनेको छ कि हृदय रोग, स्ट्रोक र किड्नीको बिरामीको खतरा बढ्ने गर्छ । धेरैजसो मान्छे यसको बारेमा जानकारी नहुँदा उपचार समेत हुन सक्दैन । उच्च रक्तचापको बारेमा इम्पेरियल कलेज अफ लण्डनका शोधकर्ताहरुले अध्ययन गरेका थिए ।

लान्सेट जर्नलमा प्रकाशित अनुसन्धान अनुसार पछिल्लो ३० वर्षमा उच्च रक्तचापको मामलामा थोरै परिवर्तन भएको छ । उच्च आय भएका देशहरुमा यसको संख्या घट्दै छ र कम आय भएका देशहरुमा बढ्दै छ । धनी देशहरुले समयसँगै कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सिकेका छन् त्यो कुरा पनि यसमा उल्लेख छ ।

विश्वभरका १५० करोड जनाको साझा समस्या

डब्लूएचओका अनुसार हाल विश्वभर १५० करोड मानिसहरु उच्च रक्तचापबाट पीडित छन् । २०१९मा १.७९ करोड जना मुटु रोगका कारण मरे । समग्र मृत्युहरुको एक तिहाइ हिस्सा उच्च रक्तचापले लिएको छ । किनभने उच्च रक्तचापका बिरामीहरु यो रोगलाई राम्रोसँग बुझ्दैनन् । यसको लक्षण देखिँदैन । कतिपयलाई एकैपटक हृदयघात हुन्छ । त्यसैले यो रोगलाई साइलेन्ट किलर पनि भनिन्छ ।

गरिबीका कारण उच्चरक्तचाप बढ्दैछ ?

इम्पेरियल कलेज लन्डनका प्रोफेसर माजिद इज्जाती भन्छन् ‘यो गरिबीले ग्रस्त स्थिति हो, किनकि अफ्रिका, दक्षिण एशिया र प्रशान्त टापुका बिरामीहरु अझै पनि आवश्यक उपचारको अभावमा समस्यामा छन् । डब्ल्यूएचओको गैर–सरुवा रोगसम्बन्धी निर्देशक बेन्ट मिक्केन्सन भन्छन्, ‘हामीलाई थाहा छ कि उच्च रक्तचापका लागि एक किफायती उपचार छ ।

कसरी गर्ने रक्तचाप नियन्त्रण ?

धुम्रपानका कारण २० मिनेटसम्म बढ्न सक्छ रक्तचाप

धमनीका भित्ताहरुलाई निकोटिनले कडा बनाइदिन्छ । यसबाहेक यसले रगत जमाउन समेत सहयोग गर्छ । कुनै पनि व्यक्तिले एउटा चुरोट पिउँदा उसको मुटुको धड्कन सामान्य हुन २० मिनेटको समय लाग्छ । त्यसकारण चुरोट छाड्नु नै उचित हुन्छ ।

एक किलो तौल घटाउँदा एक तह कम हुन्छ रक्तचाप

शरीरको तौल घटाउनु पनि उच्च रक्तचाप नियन्त्रणको एउटा उपाय हो । तर सबैमा यो लागु नहुन सक्छ । विशेषगरी मोटोपना भएका मान्छेले एक किलो तौल घटाउँदा उनीहरुमा रक्तचापको जोखिम कम हुन्छ । यदि पुरुषहरुको कम्मर ४० इन्चभन्दा बढी र महिलाहरुको कम्मर ३५ इन्चभन्दा बढी छ भने पनि यसले समेत जोखिम उच्च देखाउँछ ।

 खानामा ५ ग्रामभन्दा बढी नुन नखाने

बढी नुन खानु पनि स्वास्थ्यको लागि जोखिम बढाउनु हो । एक युवावस्थाको व्यक्तिले एकदिनमा ६ ग्रामभन्दा कम नुन खानुपर्छ । एक चम्चा नुनमा २,३०० मिलीग्राम सोडियम हुन्छ । खानामा सोडियमको मात्रा घटाएर पनि हामी रक्तचाप नियन्त्रणमा लिन सकिन्छ ।

 ३० मिनेटको व्यायामबाट ५देखि ८ विन्दुसम्म घट्नसक्छ  रक्तचाप

नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित अनुसन्धान अनुसार यदि एकदिनमा ३० मिनेट हिँडिन्छ भने त्यसले ५ देखि ८ विन्दुसम्म रक्तचाप नियन्त्रणमा लिन सक्छ । तर यस्तो हिँडाइमा लगातार पैदल हिँड्ने गर्नुपर्छ । अन्यथा रक्तचाप फेरि बढ्न सक्छ । यसबाहेक दौड, साइक्लिङ र नृत्यले रक्तचाप कम गर्छ ।

ब्लड प्रेसर १४०-९०, यानी हाइपरटेन्सनको खतरा

जब एक व्यक्तिको रक्तचाप १४०-९० को स्तरसम्म पुग्यो भने त्यसलाई उच्च रक्तचाप भनिन्छ । १२०÷८० देखि १३०÷८९ को बीचमा भएको रक्तचाप भएमा त्यसलाई पूर्व उच्च रक्तचाप मानिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap