गणपूरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको प्रस्ताव पारित भएन,


लेखक : सुन्दराञ्चल      असार १२, २०७९ मा प्रकाशित     
गणपूरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको प्रस्ताव पारित भएन,

काठमाडौं असार १२, प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन । प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन नसकेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद झपट रावलले प्रतिनिधि सभा सदस्यको गणपूरक संख्या नपुगेको र यस्तो अवस्थामा प्रस्ताव पारित गर्दा नियमावली विपरित हुने भन्दै निर्णयार्थ पेस गर्नु अघि गणपूरक संख्या गणना गर्न माग गरेका थिए । उनले भने, ‘यहाँ कोरम नपुगेका हुनाले यो निर्णयार्थ पेस गरिँदैछ । हाम्रो नियमावली भन्दा विपरित भएको हुनाले निर्णयार्थ पेस हुनुभन्दा पहिले यहाँ गणना गरियोस् भन्ने कुरा म राख्न चाहन्छु ।’
लगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभा सदस्यहरुको गणपूरक संख्या गणना गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए । गणपूरक संख्या गणना हुँदा प्रस्तावलाई निर्णयार्थ पेश गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै सदस्यहरुको मात्रै उपस्थिति देखिएकाले गणपूरक संख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित गर्दै सभामुख सापकोटाले भने, ‘नेपालको धारा ९४ को बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरुको संख्या ६३ भएकोले उक्त गणपूरक संख्या नपुग भएको देखिएकोले यो बैठक आजै आधा घण्टाका लागि स्थगित हुन्छ ।’

प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यहरु पूरा समय नबस्ने गरेको विषयमा विभिन्न समयमा आलोचना हुँदै आएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap