गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय


लेखक : सुन्दराञ्चल      बैशाख १६, २०७९ मा प्रकाशित     
गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय

१६ बैशाख  पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो ।

पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गठबन्धन बैठकले गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले पहल गर्ने निर्णय भएको हो ।

स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् । त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन जारी समेत भइसकेको छ । तर, कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन फिर्ता लिने समय रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap