खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीदा अवरुद्ध,


लेखक : सुन्दराञ्चल      साउन २३, २०८० मा प्रकाशित     
खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीदा अवरुद्ध,

 साउन २३, सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीएर अवरुद्ध भएको छ । सोमबार राति आएको बर्षाले कालोपत्रे सडक भत्कीएको छ भने धेरै ठाउँमा पहिरो गएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन् । सडक सुचारु गर्नका लागि सुरक्षा निकाय र प्रशासनले प्रयास जारी राखेको छ ।

हजारै यात्रुहरु बिचबाटोमै अलपत्र परेको भण्डारीले बताए । धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएकाले सुचारु हुन केही दिन नै लाग्न सक्ने देखिएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap