खाना पकाउने ग्यास विस्फोट हुदा बझाङका एकै घरका ५ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      जेष्ठ २१, २०८१ मा प्रकाशित     
खाना पकाउने ग्यास विस्फोट  हुदा बझाङका एकै घरका ५ जनाको मृत्यु

बझाङ : भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
भारतको कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा उक्त दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका-११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । ३२ वर्षीय मदनको आइतबार राति र उनकी छोरी ११ वर्षीया निताको सोमबार बिहान मृत्यु भएको हो । उनकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो । यसअघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यु भइसकेको छ । उनीहरू सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो ।

गत बुधबार राति ११ बजे तिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भएको थियो । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगो सल्केर बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।

न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउँमा जिविका चलाउन गाह्रो भए पछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानिय विद्यालयमा पढाइरहेका थिए । भारतमा रहेका नेपालीहरूले चन्दा संकलन गरेर उपचारको खर्च व्यहोरिरहेका भए पनि परिवारका कुनै सदस्यलाई बचाउन नसकिएको बेंग्लुरुमा रहेर उनीहरूको उपचारको लागि आर्थिक संकलन अभियान चलाइरहेकी नेपाली जमुना पौडेलले बताइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap