६ वैशाख, नेपालगञ्ज । भारतबाट ल्याएका खसीबोका बोकेको गाडीसहित बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ मा प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा ३७ वटा खसीबोका बोकेको गाडीसहित एक जनालाई पक्रेको हो ।
उनले भन्सार तथा पशु क्वारेन्टाइन छलेर ती खसी बोका नेपाल भित्र्याएका कारण पक्रनु परेको प्रहरीले स्पष्ट पारेको छ । बानियालाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ ।