खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न आयोगको निर्देशन


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०७९ मा प्रकाशित     
खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न आयोगको निर्देशन

बैशाख २२ काठमाण्डौं   निर्वाचन आयोग नेपालले आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ मा आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ।

बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यसको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिए।

उनले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्थामाबाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्ने बताएका छन्। उनले उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको बताए।

ष्लखयतभअज
प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी गराए।

त्यस्तै उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको बताए। मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहीता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो।

त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरुलाई आचारसंहीता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।

लष्अ
निर्वाचन पर्यक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहीता २०७८ प्रतिकुल हुनेगरी अभिव्यक्ति दिएकोले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ।

पोखरेलले निर्वाचन आयोग, आयुक्तहरू, आयोगबाट जारी भएका निर्वाचन आचारसंहीता २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए।

रौतहट जिल्ला दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष धर्मानन्द चौधरीले निर्वाचन आचारसंहीता २०७८ विपरित् मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

उम्मेदवार चौधरीले एक महिलालाई २ हजार नगद दिएको तथा अर्कौ मानिसलाई पाइप दिएकोसमेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवाद, लेनिवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहीता २०७८ अनुकुल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदमा उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार रूपैयाँको नोट राखेर भोट माग्दै गरेको तस्बीर सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यममा समाचार आएकोले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने होरु २४ घण्टा भित्र आधारप्रमाणसहित पेस गर्न आयोगले निर्देशन जारी गरेको छ ।

वागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकोले सो कार्य निर्वाचन आचारसंहीता २०७८ विपरित भएको देखिएकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले आदेश दिएको छ ।

रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले नेपाल कम्युनिष्ट पार्टी एमालेको उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले आयोगले निर्वाचन आचारसंहीता २०७८ विपरित कार्य के कति कारणले गरेको हो भनि २४ घण्टाभित्र आधारप्रमाणसहित स्पष्टीकरण दिन भनेको छ।

प्रवक्ता अधिकारीले निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको पनि अवगत गराए । रातोपाटी

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap