क्षमता कम हुनसक्छ शल्यक्रियाबाट जन्मेका बच्चामा


लेखक : सुन्दराञ्चल      पुस ३०, २०७८ मा प्रकाशित     
क्षमता कम हुनसक्छ शल्यक्रियाबाट जन्मेका बच्चामा

 काठमाडौं ३० पुस, । नेपालमा शल्यक्रिया गरेर बच्चा जन्मिने दर बढेको सरकारी तथ्यांकले देखाउँछ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु पनि शल्यक्रिया गरेर सुत्केरी हुने महिलाको संख्याले विकराल रुप लिन थालेको बताउँछन् ।

शल्यक्रिया गरेर बच्चा जन्माउँदा आमा र बच्चा दुवैमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने यौन तथा जनस्वास्थ्यविद् डा. लक्ष्मी तामाङ बताउँछिन् । प्रस्तुत छ डा. तामाङसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा शल्यक्रिया (सिजरियन सेक्सन) गरेर बच्चा जन्माउने दर बढेको हो ?

अत्याधिक मात्रामा बढेको छ । सरकारको तथ्यांक अनुसार सरकारी अस्पतालमा नै औसतमा २५ प्रतिशत शल्यक्रिया गरेर बच्चा जन्मिएका छन् । जबकि, विश्व स्वास्थ्य संगठनले १५ प्रतिशत शल्यक्रियालाई सामान्य मानेको छ । निजी अस्पतालहरुमा त यो ८० देखि ९० प्रतिशतसम्म छ । यो भनेको त विकराल रुप हो ।

शल्यक्रिया गरेर बच्चा जन्माउने दर किन बढिरहेको होला ?

पुँजीवादी अमेरिकी शिक्षा प्रणालीबाट उत्पादित चिकित्सकहरुले बढी भन्दा बढी शल्यक्रियाबाटै सुत्केरी गराउन चाहन्छन् । किनभने पहिलो पटक सामान्य तरिकाले बच्चा जन्माउन एउटा महिलालाई १० देखि १२ घण्टा लाग्छ । त्यति धैर्यता उनीहरुमा हुँदैन । दोस्रो पटक बच्चा जन्माउने यदि पाँच वर्ष भन्दा माथिको ग्याप छ भने कम्तीमा पनि ८ देखि १० घण्टा लाग्छ ।

त्यसले गर्दा डाक्टरहरुमा त्यो धैर्यता हुँदैन । शल्यक्रिया गर्न बढीमा आधा घन्टा लाग्छ । सामान्यतया १५ मिनेटमा नै सकिन्छ । त्यसमा निजी अस्पताललाई त नर्मल गर्दा पैसा कम, शल्यक्रिया गर्दा पैसा पनि बढी आउँछ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत पनि शल्यक्रिया गर्नेले अलि बढी र सामान्य सुत्केरीलाई कम पैसा पाउँछ ।

अहिलेका प्रायः महिला नै शल्यक्रियाबाट बच्चा जन्माउन चाहन्छन् भनिन्छ नि ?

चिकित्सकहरुले त्यसै भन्नुहुन्छ । तर फेरि उहाँहरुकै अध्ययन रिपोर्ट हेर्ने हो भने महिलाले चाहेकै कारण भएको भन्ने देखाउँदैन । उहाँहरुले नै तयार पारेको डाटा हेर्ने हो भने धेरै भन्दा धेरै बच्चाले आची खाएको, बच्चा उल्टो बसेको, घाँटीमा साल बेरिएको यस्ता कारण हुन्छन् । यस्ता अनेक डर देखाएर शल्यक्रिया गर्न बाध्य बनाइन्छ निजी अस्पतालहरुमा ।

सरकारीमा चाहिं शल्यक्रिया गर्ने विविध कारण छन् । व्यथा लागेपछि स्याहार गर्नुपर्ने नर्स, मिडवाइफ हुनुपर्ने हो त्यो मात्रामा छैनन् । अर्को इण्डक्सनको कारण । त्यो भनेको स्लाइनबाट कृत्रिम व्यथा लगाइदिने, योनीमार्गबाट औषधि घुसाइदिने हो । कृत्रिम व्यथा भएकाले अनावश्यक पेट खुम्चिने हुन्छ । बच्चालाई सास फेर्न गाह्रो हुन्छ अनि शल्यक्रिया नै गर्नुपर्ने अवस्था हुन्छ । अर्को कारण महिला ढिलो अस्पताल आइपुग्छन् । ढिलो अस्पताल आउँदा व्यथा प्रो लङ (लामो व्यथा) लागेको हुन्छ । लामो व्यथा लाग्दा पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । महिलाले शल्यक्रिया गर्न चाहेको एक प्रतिशत भन्दा कम देखिन्छ ।

अर्को चाहिं महिलाले आफ्नो शरीरको अधिकारबारे सचेत नभएर पनि हो ।

तथ्यांक अनुसार शहरी क्षेत्रमा शल्यक्रिया गर्नेको संख्या बढी देखिएको छ । यसको के कारण हुनसक्छ ?

शहरिया, शिक्षित महिलाले जोखिम मोल्न चाहँदैनन् । उनीहरु केही भइहाल्यो भने भन्ने शंकाका कारण शल्यक्रिया गरेर ढुक्क वा सुरक्षित साथ बच्चा जन्माउने भन्ने सोच्छन् । अर्को घण्टौंको दुखाइ सहन चाहँदैनन् । त्यसैले धेरै पीडा पनि नहुने तथा आमा र बच्चा दुवै सुरक्षित हुने भन्ने भ्रममा सिजरियन सेक्सन गराउँछन् । त्यसको ठीक विपरीत ग्रामीण क्षेत्रका महिलाहरु भने सकेसम्म सामान्य रुपमा बच्चा जन्माउन चाहन्छन् । र, त्यसरी नै जन्माउँछन् पनि ।

शहरका शिक्षित महिला सिजरियन गर्दा आफू र बच्चालाई भविष्यमा हुने जोखिमबारे समेत भएको देखिँदैन ।

शल्यक्रिया गर्दा आमा र बच्चामा के कस्तो जोखिम हुन्छ ?

पहिलो पटक शल्यक्रिया गर्ने आमाको एक्रिटा (शल्यक्रिया गरेको ठाउँ टाँसिने) हुनसक्छ । त्यस्तै संक्रमणको जोखिम धेरै हुन्छ । अर्को एमनोइटिक फ्ल्यूइड इम्बोइलिज्म हुने जोखिम हुन्छ । त्यो भनेको शल्यक्रिया गर्दा नसा खुल्ला हुन्छ, त्यसमा पाठेघरमा भएको पानी रगतको नलीतिर पर्‍यो भने नसा ब्लक भई आमाको तत्काल ज्यान पनि जान सक्छ ।

शल्यक्रिया गरेर जन्मेका बच्चामा तुलनात्मक रुपमा दम रोग, चिनीरोग, एलर्जी समस्या देखिएको विभिन्न अध्ययनले देखाएको छ । त्यसको कारण के हो भन्दा प्राकृतिक रुपमा जन्मिँदा महिलाको योनीद्वारमा शरीरलाई फाइदा हुने ब्याक्टेरियाहरु बच्चाको कान, नाक र मुखबाट भित्र पस्न नपाएर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता घटेका कारणले त्यस्तो हुन्छ भन्ने अध्ययनले देखाएको छ ।

बच्चा गर्भमा हुँदा हल्का पानी निलिरहेको हुन्छ । सामान्य रुपमा जन्मिँदा बच्चाको शरीर च्यापिएर निस्किने हुँदा फोक्सोमा जमेको पानी पनि निचारिएर मुखबाट निस्किन्छ, फोक्सोमा स्वाट्ट हावा भरिने र पानी निस्किने हुँदा दम रोग नहुने भन्ने देखाएको छ । अर्को बच्चालाई न्यूरो ट्रान्समिटर हुन्छ । बच्चाको खप्पर नरम हुन्छ जन्मिँदा एकअर्कामा खप्टिन्छ त्यसले बच्चालाई दुख्छ, तर बच्चाको न्यूरो ट्रान्समिटर उत्पादन भई छुटिन्छ । यो तीन प्राकृतिक प्रक्रियाका कारण बच्चालाई प्राकृतिक रुपमा जन्माउनु राम्रो मानिन्छ ।

पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्मेपछि दोस्रो पटक पनि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ?

त्यस्तो सम्भावना बढी रहन्छ । त्यसैले सकेसम्म पहिलो बच्चा जन्मिँदा शल्यक्रिया गर्न कम गर्ने प्रयास हुनुपर्छ । नेपालमा पनि सरकारी अस्पतालहरुमा हुने शल्यक्रिया पहिलो पटक कम हुने गरेको छ । तर निजीमा चाहिं पहिलो पटक शल्यक्रिया हुने बढी हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap