क्रियाशील सदस्यता टुंग्याउन सिटौला र लेखकलाई काठमाडौं बोलाए देउवाले


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
क्रियाशील सदस्यता टुंग्याउन सिटौला र लेखकलाई काठमाडौं बोलाए देउवाले

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाएका छन् । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले शुक्रबार काठमाडौं बोलाएका हुन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसले सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य लेखक र अर्का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदल सदस्य रिजाल भने काठमाडौंमै छन् ।

कार्यदलले सदस्यता विवाद टुंगिएको भने पनि कार्यान्वयनमा भने सहमति जुट्न सकेको छैन । ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसक्दा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरुले बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने माग गरेपछि सभापति देउवाले कार्यदलका सदस्यहरुलाई काठमाडौं बोलाउन निर्देशन दिएको एक नेताले बताए । ‘कहीं पालिका अधिवेशन हुने बेला भइसक्यो अनि कतिपय जिल्लामा क्रियाशील सदस्यकै टुंगो लागेको छैन, यस्तो बेलामा कार्यदलमा रहेका नेताहरु जिल्लामा हुनुहुन्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘सभापतिज्यूले आजै उहाँहरुलाई काठमाडौं बोलाएर दुई÷तीन दिनमै सदस्यता विवाद सुल्झाउन निर्देशन दिनुभयो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका अनुसार ९ असोजमा पालिका अधिवेशन हुने बताए । उनले बाँकी अधिवशेनका कार्यक्रमबारे केन्द्रीय निर्वाचन समितिले समयतालिका सार्वजनिक गर्ने बताए । हिमाली जिल्लामा भने पुरानै कार्यतालिका अनुसार दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने सहमति कांग्रेसमा भएको छ ।

प्रवक्ता शर्माले महाधिवेशनमा समावेशी प्रतिनिधित्वको विषयमा पनि छलफल भएको जानकारी दिए । उनले महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको जानकारी दिए ।

कार्यतालिका अनुसार अधिवेशनका कार्यक्रम नभएपछि मंसिर ९–१३ गतेका लागि निर्धारित केन्द्रीय महाधिवेशन प्रभावित हुनसक्ने आशंका कांग्रेस नेताहरुको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap