क्रियाशील सदस्यताको सूची सार्वजनिक भपछि गोदावरीमा काँग्रेसको सरगर्मी पुन: बढ्यो


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
क्रियाशील सदस्यताको सूची सार्वजनिक भपछि गोदावरीमा काँग्रेसको सरगर्मी पुन: बढ्यो

अत्तरिया –नेपाली कांग्रेसले कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । सुची सार्बजनिक भएपछि जिल्लामा अधिबेशनको सरगर्मी फेरी बढेको छ । यस अघि क्रियाशील सदस्यताको सूची सार्वजनिक नहुँदा अन्योल बनेको थियो । यता गोदावरीमा पनि स्थानिय नेता कार्यकर्ताहरुले फेरी क्रियाशील सदस्यहरु सँगको भेटघाटलाई तिब्र परेका छन् ।

गोदावरीका कुनै पनि वडामा अहिले सम्म सहमती भएको छैन । सबै वडा दुई प्यानल कृयाशिल रहेका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक भएपछि दुबै पक्ष आ- आफ्नो लबिङमा जुटेका छन् । सबै वडामा जित हासिल गर्न दुबै पक्ष लागेका छन् । गोदावरीमा पूर्व सभापती दिर्घराज भाट पक्षिय समुह र महासमिती सदस्य लक्ष्मीराज पाठक समुह अलग अलग प्रचारमा जुटेका छन् ।

पूर्व राप्रपा सुनिल थापा (काँग्रेस प्रबेश ) र समता पार्टीको नाममा अलगै सुची निर्णय बिपरित पठाइएको भएपनी उनिहरुको नाम हिजो सार्बजनिक गरिएको सदस्यता सुचीमा आएको छैन । त्यसैले पनि अधिबेशनको रौनक यस क्षेत्रमा अझै बढेको छ ।

कैलाली क्षेत्र नम्बर ४( चुरे,गोदावरी र गौरीगंगा )मा क्रियाशील सदस्यको सँख्या झन्डै ३ हजार चार सय रहेको छ । क्रियाशील सदस्यताको नामावली सार्बजनिक भएपनी वडा अधिबेशनको मिती भने अझै तोकिएको छैन । कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap