क्रियाशील सदस्यताको सूची सार्वजनिक भपछि गोदावरीमा काँग्रेसको सरगर्मी पुन: बढ्यो


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
क्रियाशील सदस्यताको सूची सार्वजनिक भपछि गोदावरीमा काँग्रेसको सरगर्मी पुन: बढ्यो

अत्तरिया –नेपाली कांग्रेसले कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । सुची सार्बजनिक भएपछि जिल्लामा अधिबेशनको सरगर्मी फेरी बढेको छ । यस अघि क्रियाशील सदस्यताको सूची सार्वजनिक नहुँदा अन्योल बनेको थियो । यता गोदावरीमा पनि स्थानिय नेता कार्यकर्ताहरुले फेरी क्रियाशील सदस्यहरु सँगको भेटघाटलाई तिब्र परेका छन् ।

गोदावरीका कुनै पनि वडामा अहिले सम्म सहमती भएको छैन । सबै वडा दुई प्यानल कृयाशिल रहेका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक भएपछि दुबै पक्ष आ- आफ्नो लबिङमा जुटेका छन् । सबै वडामा जित हासिल गर्न दुबै पक्ष लागेका छन् । गोदावरीमा पूर्व सभापती दिर्घराज भाट पक्षिय समुह र महासमिती सदस्य लक्ष्मीराज पाठक समुह अलग अलग प्रचारमा जुटेका छन् ।

पूर्व राप्रपा सुनिल थापा (काँग्रेस प्रबेश ) र समता पार्टीको नाममा अलगै सुची निर्णय बिपरित पठाइएको भएपनी उनिहरुको नाम हिजो सार्बजनिक गरिएको सदस्यता सुचीमा आएको छैन । त्यसैले पनि अधिबेशनको रौनक यस क्षेत्रमा अझै बढेको छ ।

कैलाली क्षेत्र नम्बर ४( चुरे,गोदावरी र गौरीगंगा )मा क्रियाशील सदस्यको सँख्या झन्डै ३ हजार चार सय रहेको छ । क्रियाशील सदस्यताको नामावली सार्बजनिक भएपनी वडा अधिबेशनको मिती भने अझै तोकिएको छैन । कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap