क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा

माघ ६,आइसिसी टी–२० विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोली घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा लोकेश बम र विवेक यादव नयाँ अनुहारको रूपमा देखा पार्दा जितेन्द्र मुखिया र प्रदीप ऐरीले लामो समयपछि कमब्याक गरेका छन् । सोमपाल कामी, विनोद भण्डारी, रोहितकुमार पौडेल, पवन सराफ, विक्रम सोबलगायत खेलाडी भने टोलीमा अटाउन असफल भए ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।  छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यो समूहबाट शीर्ष दुई टोली यही वर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

विश्वकप छनोटका लागि नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदीप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव र लोकेश बम ।  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap