कोरोना संक्रमित गायिका छोइङ डोल्मा


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
कोरोना संक्रमित गायिका छोइङ डोल्मा

माघ ७ ,गायिका आनी छोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफूलाई कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएपछि अलग्गै बसेकी छु, यद्यपि यो भेरियन्टले जीवनलाई खतरामा पारेको छैन,’ आनीले फेसबुकमा लेखेकी छन्, ‘कृपया सावधानी अपनाउनुहोस्, मास्क लगाउनुहोस्, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् र आवश्यक नभए बाहिर ननिस्कनुहोस् । सबैको ख्याल राख्नु होला ।’  फरकधार
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap