कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थाले


लेखक : सुन्दराञ्चल      माघ ४, २०७८ मा प्रकाशित     
कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थाले

काठमाडौं माघ ४ । कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो ।
यसअघि दुई पटकको लहरमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो ।

संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap