कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु
 वीरगञ्ज २३ पुस । वीरगञ्ज महानगरपालिकासहित पर्साका ७ स्थानीय तहमा शुक्रबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ ।बहुदरमाइ नगरपालिका, धोबिनी, छिपहरमाइ, कालिकामाइ, पकहामैनपुर र विन्दवासिनी गाउँपालिकामा दोस्रो चरणको खोप अभियान शुरु भएको हो ।

यस अभियानका क्रममा १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाउन सक्नेछन् । शुक्रबारदेखि २७ गतेसम्म भेरोसेल खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।यसअघि सञ्चालित अभियानमा पहिलो मात्रा खोप लगाइसकेका वा यसअघि छुटेको नागरिकले खोप लगाउन सक्नेछन् । खो अभियानको अन्तिम दिन एष्ट्रेजेनेकाको खोप पनि लगाउने कार्यक्रम छ ।

वीरगञ्जमा मात्रै ४५ वटा खोप केन्द्र तय गरिएको छ । महानगरको ३२ वटै वडामा रहेका स्वास्थ्य संस्था तथा घण्टाघर, नयाँ बसपार्क, आदर्शनगर चोक, नारायणी सेन्ट्रल अस्पताल, भवानी हस्पटिल, वीरगञ्ज हेल्थ केयर, जिल्ला प्रशासन कार्यालय पर्सा, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली त्रिमुर्ति सिनेमा हल नजिक, खोप केन्द्र तोकिएको छ ।त्यस्तै सामुदायिक सेवा केन्द्र छपकैया श्रीराम हल नजिक,

मुर्ली बगैचास्थित जिल्ला निर्वाचन कार्यालय र सर्सियिास्थित ड्राइपोर्टमा खोप लगाउन सकिने व्यवस्था मिलाइएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।वीरगञ्ज महानगर क्षेत्रभित्र सञ्चालित खोप केन्द्रहरु अपर्याप्त भएकाले सार्वजनिक स्थानहरुमा समेत खोप केन्द्र थप्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको थियो ।

मास्क अनिवार्य

कोरोना संक्रमण बढ्दै गएपछि पर्सामा मास्क अनिवार्य गरिएको छ ।बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संघ र प्रदेश सरकारबाट प्राप्त कोभिड कोषबाट आवश्यकता अनुसार मास्क, सेनिटाइजरलगायतका सामग्री खरीद गरी वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap