कोरोनासँग जुध्न सरकारले पर्याप्त तयारी गरेको प्रधानमन्त्री देउवाको भनाइ


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
कोरोनासँग जुध्न सरकारले पर्याप्त तयारी गरेको प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनासँग जुध्न सरकारले स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

‘ग्लोबल कोभिड–१९ समिट’लाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन् । उनले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकाे समेत विकास गरेको उल्लेख गरे ।  प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित जनसंख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसंख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए ।

आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पुर्याउने जानकारी गराए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap