कोरोनाबीच ‘गौरा’ रौनक


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
कोरोनाबीच ‘गौरा’ रौनक

दार्चुला, १३ भाद्र । कोरोनाबीच पनि सुदूरपश्चिममा धुमधाम साथ मनाइने गौरा पर्वको रौनक छाएको छ । चार दिनसम्म मनाइने मौलिक पर्व गौराको दोस्रो दिन शुक्रबार झिजाएका बिरुडा शनिबार धुने काम गरिएको छ । यसलाई ‘नानी गौरा’ भनिन्छ ।

नानी गौराका दिन ब्रतालु महिलाले भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ । गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरा देवीको पूजाआजा गर्छन् । भाद्र पञ्चमीका दिन तामा र पित्तलको भाडामा पाँच प्रकारका अन्न (मास, गहुँ, केराउ, गहत र गुराउस) भिजाएर पर्वको शुभारम्भ भएको थियो । यी अन्नलाई नै विरुडा भनिन्छ । बिरुडाका साथै बारीमा फलेका फलफूल पनि गौरादेवीमा चढाउने चलन छ ।

दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ मिठोमसिनो खानुका साथै बिरुडा र फलफूलसहित ब्रतालु महिलाले सगुन (फाग) गाएर गौरादेवीको पूजाआजा गर्छन् । कही ठाउमा गाउलेलाई भोज पनि गराउने परम्परा छ । पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गर्दा प्राप्त भएको विश्वास छ । त्यति बेलादेखि गौरा र शिवको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार शिवराज बडूले बताए । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । सप्तमीका दिन गौरा देवीलाई गाउको धार्मिक वा सामुदायिक घरमा भित्र्याउने चलन छ । सप्तमीको राति गौराको पूजा गर्छन् । महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्छन् । हिन्दु पुरुषले जनै जस्तै यहाँका महिलाहरूले दुबधागो लगाउँछन् । विवाहित महिलाले गौरापर्वमा विशेष पूजाआजा गरेर धागो लगाउने गरेको बैतडीको दशरथचन्द नगरपालिका—४ सप्रालीकी सुशीला चन्दले बताइन् । सामाजिक सद्भाव र पारिवारिक मिलनको लागि यो पर्व मनाइने गरिएको उनले बताइन् । गौराको समयमा सामूहिक रुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेलहरू पनि खेलिन्छन् ।

यो समयमा विभिन्न कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरू पनि पर्व मनाउन घरफर्कने गरेका छन् । भारतसंँगै अन्य देशमा रहेकाहरू पनि सकभर यो पर्व घरपरिवारसंँगै मनाउन गौरापर्वमा घर पुग्छन् । यो वर्ष कोरोनाले गर्दा पहिलेको जस्तो घरबाहिर रहेका धेरैजसो आउन नपाएको चन्दले बताइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap