कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्व तयारी थालिँदै


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्व तयारी थालिँदै

कञ्चनपुर ३२ साउन । कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्व तयारी थालिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभरि मास्क लगाउने अभियानसँगै स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको छ।

‘सीमा नाका भएर आउने व्यक्तिहरुको हेल्थ डेस्कमा जाँच गरेर मात्रै पठाउने गरेका छौं‚’ उनले भने, ‘स्थानीय तह, संघ संस्था संगको समन्वयमा एम्बुलेन्सको व्यवस्था समेत गरिएको छ।’

त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक एक हजारजना अटने होल्डिङ सेन्टर निर्माण भैरहेको छ। होल्डिङ सेन्टर निर्माण केही दिनभित्रै पूरा हुने प्रजिअ पाण्डेयले बताए।

यस्तै‚ महाकाली अस्पतालमा बालबालिकालाई लक्षित गरी ५० शय्या थप्ने काम भइरहेको छ। काम दुई महिलाभित्र तयार हुने पाण्डेयले बताए। अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया सुरु भैसकेको र केही दिनभित्रै जडानका सुरु हुने उनले बताए।

यस्तै‚ कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि जारी छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुवँरका अनुसार हालसम्म ३५ प्रतिशतले खोप लगाएका छन्। पहिलो मात्राको खोप एक लाख १२ हजार जनाले लगाइसकेका छन्। दोश्रो मात्रा लगाएका ७४ हजार छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap