कोरियाको रोजगारी अन्योलमै, कामदार उडाउन एयरलाइन्स छान्दै सरकार


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
कोरियाको रोजगारी अन्योलमै, कामदार उडाउन एयरलाइन्स छान्दै सरकार

४ भदौ, काठमाडौं । कोरियाको रोजगारी अन्योलमै रहेपनि पूर्वतयारीका लागि सरकारले कोरिया जाने श्रमिकलाई पठाउन एयरलाइन्सको छनोट प्रक्रिया थालेको छ । कोरिया सरकारले महामारीका बीचमा श्रमिक आपूर्तिको प्रक्रिया सुरु गरेमा सिधा उडानबाट मात्रै पठाउनुपर्ने शर्त राखेको छ ।

त्यसैअनुसार सिधा उडानमा सस्तो दरमा श्रमिकलाई कोरिया पुर्‍याएर फर्किन सक्ने एयरलाइन्स कम्पनी छनोट गर्न प्रस्ताव आह्वान गरिएको वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका निर्देशक इन्द्र गौतमका अनुसार संसदीय समिति र सरकारले श्रमिक पठाउनका लागि सबै तयारी सक्न निर्देशन दिएकाले कोरियाका न्युनतम् शर्तहरु पूरा गर्न लागिएको हो ।

विभागले यसअघि कोभिड बिमाका कम्पनीहरु छनोट गरिसकेको छ । कोरिया जाने श्रमिकको ५ हजार डलरसम्मको कोभिड बिमा गर्न लागि शाखाले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनीलाई छनोट गरिसकेको छ ।

अब एयरलाइन्स पनि छानेर राख्ने र कोरियाले आवश्यक अनुमति दिनासाथ भाषा परीक्षा पास गरेर भिसा प्रक्रिया पूरा गरेका श्रमिकहरुलाई पठाउन सुरु गर्ने गौतम बताउँछन् । तर, कहिलेबाट कोरियाले नेपाली श्रमिक पुनः लैजान सुरु गर्छ भन्ने टुंगो लागेको छैन ।

‘कोरियाले जुनसुकै समयममा श्रमिक लैजान सुरु गर्न सक्छ, त्यसैले अब यहाँ श्रमिक जाने अवस्थामा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अवस्था सहज बनाउँदै छौं,’ गौतम भन्छन् ।

भाषा परीक्षा उत्तीर्ण भए पनि डेढ वर्षदेखि कोरिया जान नपाएका श्रमिकहरुले समाजिक सञ्जाल ट्वीटरमार्फत् सरकारलाई ध्यानाकर्षण गराउने अभियान चलाउँदै आएका छन् ।

अन्योल कायमै

कोभिड–१९ पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारीमा अन्योल छ । २०७६ फागुनको पहिलो सातादेखि नै ईपीएस प्रणालीमार्फत एक जना पनि श्रमिक नेपालबाट कोरिया जान पाएका छैनन् । ईपीएस कोरिया शाखाकाअनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिवद्ध कामदारका रुपमा फर्किएका तीन हजार जना श्रमिक यतै रोकिएका छन् ।

लेबर कन्ट्रयाक्ट आएपछि श्रमिकले ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इस्युएन्स’ (सीसीभीआई) फारम भर्नुपर्छ । त्यसअनुसार कोरियाले सीसीभीई जारी गर्छ । अहिले यो प्रक्रिया नै स्थगित गरिएको गौतमले बताए ।

कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रतिक्षा सूचीमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि प्रक्रिया र स्वास्थ्य र चारित्रिक मापदण्ड पूरा गरेर मात्र जान पाइन्छ । कोरिया पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।

अझै पनि प्रतिक्षा सूचीमा रहेका करिब हजारौं श्रमिकको लेबर कन्ट्रयाक्ट आएको छैन । रोस्टरमा नाम चढेको दुई वर्षभित्र लबेर कन्ट्रयाक्ट नआएमा श्रमिक प्रतीक्षा सूचीबाट हट्नुपर्छ । फेरि भाषा परीक्षा पास गरेर मात्रै प्रतीक्षा सूचीमा नाम आउने प्रक्रिया हुन्छ । भाषा परीक्षा पास गरेर पनि कोरियामा जान नपाइने चिन्ताले करिब १२ हजार युवालाई सताएको छ ।

कोरिया जान भाषा परीक्षाको तयारी गरिरहेकाहरू पनि अन्योलमा छन् । सन् २०२१ मा जाने श्रमिक छनोट ईपीएस भाषा परीक्षा नै भएन । सन् २०२२को लागि हुने परीक्षा पनि अन्योलमा छ । हरेक वर्ष भाषा परीक्षाको तालिका कोरियाले पठाउँछ । हरेक जेठमा हुने भाषा परीक्षा कोरोना महामारीका कारण अनिश्चित बन्दै गएको छ ।

कोरियामा आम्दानी पनि राम्रो हुने भएकाले प्रतिवर्ष करिब एक लाख युवा कोरिया जान भाषा परीक्षाको तयारी गर्छन् । सन् २०२० को लागि भएको भाषा परीक्षा दिएका ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए ।

श्रमिकको हित रक्षाका लागि कोरिया सरकार खाडी मुलुकभन्दा प्रतिवद्ध मानिन्छ । आकर्षक तलब दिनेगरी ४० वर्ष ननाघेका अदक्ष कामदार लैजाने कोरियाले प्रतिवर्ष औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको थियो । कोरियाले कृषि र उत्पादनमुलक (उद्योग) समूहमा कामदार लैजाने गरेको थियो ।

नेपाल सरकारले नै प्रक्रिया पुर्याएर पठाउने भएकाले कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनुपर्दैन । कोरिया सरकारकै निगरानीमा हुने भाषा परीक्षाको नतिजा उसैले प्रकाशित गर्ने भएकाले यसको निष्पक्षतामा नेपाली युवाको विश्वास कायम छ ।

रोजगारदाताले रुचाएको कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिने गरेको छ । पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको भिसा पाउने व्यवस्था कोरियाले गरेको छ ।

तर, महामारीपछि कोरियामा पनि श्रमिकको माग घटेको र जोखिम मोलेर नेपालबाट श्रमिक लैजान पनि चासो नदिएकाले आकर्षक श्रम गन्तव्य गुम्ने त्रास श्रमिकहरूमा छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap